सप्तकोसी /रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुह फत्तेपुरको २६ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलको अध्यक्षता तथा मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा निबर्तमान गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि राजकुमार लेखिले बिरुवामा पानी हालेर गरेका थिए।
२०५२ सालमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा स्थापन भइ ८ सय ५० उपभोक्ता रहेको रक्तमाला नमूना सामुदायिक बनको २६ औं बार्षिक साधारणसभा “हरियो बन नेपालको धन” भन्ने मुल नाराको साथ सम्पन्न भएको छ।
सामुदायिक बनको साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखिले बन जङ्गल तथा बाताबरण संरक्षणमा सामुदायिक बनले अहम भूमिका निर्वाह गरेको बताउदै सामुदायिक बन संरक्षणमा आफु र प्रदेश सरकार लागि पर्ने बताएका छ्न।

कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले बाताबरण संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने बन क्षेत्रमा मा रहेका खहरे खोलामा बालुवाको मात्र बढेकाले खोलाको उचाइ माथि भएका कारण प्रत्येक बर्ष गाउँ बस्तिमा प्रवेश गरि धनजनको क्षति गर्ने गरेकोले खोला उच्च भएका ठाउको बालुवा निकाल्ने बाताबरण मिलाउन प्रदेश सरकार र सम्बन्धित निकाए संग आग्रह गरे।
कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्माले सप्तरीमा बन संरक्षणको क्षेत्रमा रक्तमाला नमूना सामुदायिक बनको महत्त्वपूर्ण योगदान रहेको प्रशंसा गर्दै सामुदायिक बन र उपभोक्ताले बन जङ्गलमा हानिहुने कुनै पनि कार्य नगर्न आग्रह गर्दै रक्तमाला सामुदायिक बन जिल्लाकै उत्कृष्ट सामुदायिक बन घोषित भएकोले अब आउदा दिनमा रक्तमाला नेपालकै नमूना सामुदायिक बन हुने गरि काम गर्नु पर्ने बताए।

रक्तमाला सामुदायिक बनको २६ औं बार्षिक साधारणसभामा आ.ब.२०८१/०८२ को आय-ब्याय प्रस्तुत गर्दै आ ब २०८२/०८३ को लागि एक करोड ५० लाख बराबरको निति तथा कार्यक्रम तय गरेको छ।
सामुदायिक बनले उपभोक्ताहरुको जीवन स्तर उकास्ने उदेश्य राखी विभिन्न किसिमका आयमुलक कार्यक्रम ल्याउने र सा ब को पहलमा विभिन्न बेतबास,टपरी ,कुचो र गुन्द्री उधोग संचालन गरि गरिबी निबारणमा पहल गर्ने साथै सामुदायिक बनको अमाह जुटपानी क्षेत्रमा पर्या पर्यटन को रुपमा बिकास गरि पोखरी, पार्क,पिक्निक स्पष्ट ,मिनि चिडियाखाना ,चिल्ड्रेन पार्क, ट्रिहाउस लगायत निर्माणको कार्य अगाडि बढि सकेकोले त्यसलाई पुर्णता दिइ आन्तरिक तथा बाहिय पर्यटक भित्राइ आम्दानीको स्रोत बढाउने लक्ष्य रहेको सा ब का अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।
कार्यक्रममा  सप्तकोसी नगरपालिका वडा न १ वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,नेपाली काङ्ग्रेस सप्तकोसी नगर सभापति युवराज खनाल,नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल,रास्वपा नगर अध्यक्ष मानप्रसाद लुइँटेल ,उपभोक्ता तथा समाजसेवी शम्भु बहादुर खडका रक्तमाला सामुदायिक बनका टोलि प्रमुख गिता भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।                                            सामुदायिक बनको २६ औं साधारणसभाको अबसरमा सामुदायिक बन क्षेत्रमा स्व दानबहादुर जयन्त थापा स्मृति सामुदायिक सभा हल निर्माण गर्नु हुने छोराहरु कृष्णबहादुर थापा, श्याम थापा,कैलाश थापा र नाति जयबहादुर थापा र सामुदायिक बनको अमाह क्षेत्रमा स्टल निर्माण गर्नु हुने कालिकोटे कुल बंश सेवा समाज फत्तेपुर र जुटपानी पर्यटकीय क्षेत्रमा मा विभिन्न सहयोग गर्नुहुने भट्टराई कुल बंश प्रतिस्ठान लगायत सहयोग गर्नु हुने विभिन्न २५ जना सहयोगि दाताहरुलाइ सम्मान गरिएको अध्यक्ष लुइँटेलले जानकारी दिए।

Facebook Comments Box