समृद्ध सप्तकोसी भ्रष्टाचार मुक्त नगर निर्माण को लागि मेरो उम्मेदवारी – दहाल

फत्तेपुर / आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सप्तकोसी नगरपालिकाको मेयर पदका आकांक्षी युवा नेता पारस दहालले उम्मेदबारी पाएर विजयी भए समृद्ध सप्तकोसी भ्रष्टाचार मुक्त नगर बनाउने प्रण का साथा आफुले उम्मेदवारी दिएको बताए का छ्न। सप्तकोसीको चौतर्फी बिकासको काम गर्ने योजना सहित युवा पुस्तामा चर्चित युवा नेता दहालको नगरमा पहिलो एजेण्डा समृद्ध समाज भ्रष्टाचार मुक्त नगर सुशासन कायम गर्नु र कृषि मा प्रचुर सम्भावना भएको सप्तकोसी नगरपालिका सप्तकोसीमा कृषिमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउने, पर्यटकिय स्थानको पहिचान गरि दिगो विकास गर्ने , सप्तकोसी नगरपालिका मा शैक्षिक सुधार गर्दै नगरभरिका सरकारी बिधालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरि गरि स्वास्थ्य मा सुधार गर्ने।नगरभरि का ५ सय बेरोजगार युवाहरुलाइ रोजगार मुलक तालिम दिइ स्वजगारी बनाउने। नगरमा शुसासन कायम गर्दै वडा बाट अधिकतम् सेवा दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत मेयर पदका आकांक्षी दहाल ले राखेका छ्न । सामाजिक क्षेत्रमा काम गर्दै आएकस दहाल असहाय , दुखी गरिब ,पीडित हरु हरुलाई न्याय दिलाउन सहयोग गर्दै आएका दहाल नेकपा एमाले का बर्तमान नगरकमिटि अध्यक्ष हुन। २०४८ साल मा गो बै ज मा बि बाट अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बाट राजनीति शुरु गरेका दहाल २०५४ मा अनेरास्ववियु सप्तरी जिल्ला कमिटी सचीव भै २०५८ मा १६ दिन हिरासत समेत बसेका दहाल विद्यार्थी राजनीति बाट राजनीति जिबन शुरु गरेका हुन ।
सप्तकोसी नगरकमिटीले युवा नेता दहाल लाइ नगर प्रमुखको पद को उम्मेदवारीमा दुइ तिहाई बहुमत सहित ५ जनाको नाम सिफारिस गरेको छ ।अवको नेतृत्व युवाले गर्न सके नगरमा समृद्धि छाउने , युवा नेता दहाल बताउछन । एमालेमा बिद्यार्थी , अनेरास्ववियु को जिल्ला कमिटी सचीव ,एमालेको गाउँ कमिटी सचीव हुँदै लामो समय देखि पार्टी को अग्रणी मोर्चा रहि काम गरेका दहाल एमाले को जुजारु नेताको रुपमा परिचित छन ।
नेकपा एमाले सप्तकोसी नगर कमिटी अध्यक्ष हुँदा जनताको काम गरेर लोकप्रिय बनेका दहाल सप्तकोसी नगरपालिका मेयर पदको लागि अब्बल उम्मेद्बार मानिन्छन। त्यसैगरी मेयरमा सप्तकोसी बाट बर्तमान मेयर उत्तम कुमार शर्मा,राम नारायण यादब, देबकान्त चौधरी ,निर्माण मन्डल समेतको नाम सिफारिस भएको भएको नगर कमिटी सदस्य रमेश थापा ले जानकारी दिए।

