भ्रष्टाचार मुक्त समाज बिभेदरहित बेलका नगर निर्माण का लागि मेरो मेयर पदमा उम्मेदवारी – अशोक कार्की

फत्तेपुर / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालि काङ्ग्रेस बेलका नगरपालिकाको मेयर पदका आकांक्षी उम्मेदवार युवा नेता अशोक कार्कीले आफुले टिकट पाएर चुनाव जिते भ्रष्टाचार मुक्त समाज बिभेद रहित बेलका नगर निर्माण गर्ने प्रतिबद्धता का साथ आफुले उम्मेदवारी दाबि गरेको बताएका छ्न। युवा पुस्तामा चर्चित नेता कार्कीले नगरमा पहिलो एजेण्डा भ्रष्टाचार मुक्त समाज , बिभेद रहित नगर ,नगर मा सुशासन कायम गर्नु का साथै कृषि मा प्रचुर सम्भावना रहेको नगरपालिका भएकोले बेलकाको कृषिमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउने,शिक्षा ,स्वास्थ्य र पर्यटकिय स्थलको पहिचान गरि पर्यटक भित्र्याउन स्थान पहिचान गरि दिगो विकास गर्ने ।नगरमा शुसासन कायम गर्दै अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत मेयर पदका आकांक्षी कार्की जनाएका छन। कार्की यसअघि २०७४ को स्थानीय तह निर्वाचन बेलका नगरपालिका मा नेकपा एमालेका दुर्गाकुमार थापा संग ३५२ मतान्तर ले पराजित भएका थिए।निर्बाचित थापाले ५ हजार ६ सय १८ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी कार्की ले ५ हजार २ सय ६६ मत प्राप्त गरेका थिए। नगर प्रमुख मा पराजय भएता पनि कार्कीले समाज मा रहेका असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आउनुभएका कार्की नेपाली काङ्ग्रेसमा २०२६ साल देखि विद्यार्थी राजनीति शुरु गरेका कार्की नेपाली काङ्ग्रेस को महासमिति सदस्य,क्षेत्रीय सदस्य ,जिल्ला कमिटी सदस्य पद मा रहि पार्टीमा काम गरिसकेका कार्की अहिले नेपाली काङ्ग्रेस बेलका को नगर सभापति हुन।
नेपाली काङ्ग्रेस बेलका नगरकमिटीले युवा नेता कार्की र शुशिल सेढाई को नाम सिफारिस गरेको छ ।बेलका मा नेपाली काङ्ग्रेसको नेतृत्व नगर सरकार बने नगरमा समृद्धि छाउने , युवा नेता कार्की बताउछन । नेपाली काङ्ग्रेस मा रहि राजनीति र समाज सेबा गर्दै आएका कार्की युवा कृषि उधमि समेत हुन कृषि पेसा बाट मात्रै आर्थिक क्रान्ति गर्न सकिने भनेर नगर भित्रै माछापालन ब्याबसाय संचालन गर्दै आएका छ्न।

