फत्तेपुर/ जिल्ला फूटवल संघ सप्तरीको अध्यक्षमा राजकुमार परियार चयन भएका छन् । संघको विहिवार सप्तकोसी नगरपालिका फत्तेपुर मा सम्पन्न सातौं जिल्ला अधिवेशनले परियारको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सप्तरी जिल्ला मा रहेर लामो समय फुटबल प्रशिक्षक रुपमा काम गरेर रिटायर भएका परियारलाइ सातौं जिल्ला अधिवेशनले सर्वसम्मत् नेतृत्व प्रदान गरेको हो ।
परियारको नेतृत्वमा गठित समितिको उपाध्यक्षहरु मा अमर बहादुर भुजेल, बिजय कुमार चौधरी ,सुदिप चौधरी चयन भएका छ्न
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा रमेश कुमार श्रेष्ठ , नि बर्तमान जिल्ला अध्यक्ष देबेन्द्रमान सिंह बस्नेत , बैजु दास ,राजकुमार श्रेष्ठ ,सुरेश खडका(सुरज), धुर्ब नारायण चौधरी , रमेश प्रसाद शाहा, अभिलाशा पन्त,उमेन्द्र कुमार चौधरी बब्बु कुमार चौधरी ,सुरेश लामा लाइ सर्बसहमत चयन गरिएको छ ।

Ad
Facebook Comments Box