फत्तेपुर/ सप्तकोसी नगरपालिका वडा न १ को वडा अध्यक्षमा फत्तेपुर का युवा अरुण कटवालले आइतबार निर्वाचन अधिकृत को कार्यलय मा स्वतन्त्र उम्मेदवारी दिएका छ्न।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर का २७ बर्षिय युवा अरुण कटवालले वडा अध्यक्ष पद मा स्वतन्त्र उम्मेदवारी दिएका छ्न । म राजनीति गर्न लाइ हैन सुधार्नका लागि आएको भन्दै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा मा रहेका कटवाल का एजेण्डा वडामा सुशासन कायम गर्नु, वडामा रहेका बिधालयहरु मा आधुनिक शिक्षा पद्धतिका रुपमा रुपान्तरण गर्नु,जेष्ठ नागरिक लाइ मासिकरुप मा घर घर मा गएर स्वास्थ्य परिक्षण गर्ने, युवा स्वरोजगार तालिम संचाल गरि वडा मै रोजगारि को सिर्जना गर्ने,वडा नागरिक वडा पत्र राख्ने,जेष्ठ नागरिक तथा अशक्त लाइ घर घरमै सेबा प्रबाह गर्ने,वडामा रहेका हाटबजारलाइ आधुनिक र ब्याबस्थित बनाउने ,वडा मा रहेको स्वास्थ्य चौकि लाइ नगर अस्पताल को रुप मा स्तरोन्नति गर्ने वार्डमा शुसासन कायम गर्दै वडालाई नै शक्तिशाली बनाइ अधिकतम् सेवा वडाबाटै दिने व्यवस्था मिलाउने प्रतिवद्धता समेत कटवाल ले गरेका छ्न। कटवाल यसअघि समेत समाजसेवामा समर्पित हुदै आएका छ्न । असहाय , दुखी गरिबहरुलाई सहयोग गर्दै आएका कटवाल दारि ग्याङ नामक सामाजिक सस्था बाट सप्तकोसी को सम्पुर्ण क्षेत्रमा सामाजिक क्षेत्रमा काम गर्दै सहयोग गर्दै आएको युवा हुन ।

Facebook Comments Box