फत्तेपुर/उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेले ७७ मतले अग्रता लिएको छ। एमालेका उम्मेद्वार कालुमान लामाले २७७ मत प्राप्त गर्दा काङ्ग्रेसका खगेन्द्र राईले २०० मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा(एस)का नरेन्द्र कुमार राउतले ४८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमाले ले २९१ मत प्राप्त गरेको छ भने २०३ मतका साथ नेपाली काङ्ग्रेसले पछ्याईरहेको छ । त्यसैगरी माओवादी(केन्द्र) ले १४ मत प्रप्त गर्दा अन्य उम्मेद्वारको शुन्य रहेको निर्वाचन अधिकृतले जानकारी दिए । वडा न १ मा अध्यक्ष मा एमालेका सिताराम राइले २ सय ९५ काङ्ग्रेस का रोहितमान तामाङले १ सय ९८ र स्वतन्त्र उम्मेदवार सन्तोष राइले ७३ मत प्राप्त गरेका छन।

Facebook Comments Box