फत्तेपुर/उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमर खड्का (कुमार ) विजयी भएका छन् ।
खडकाले १ हजार ५९ मत प्राप्तगरी विजयी भएका हुन् भने खड्काका प्रतिद्वन्दी एमालेका भोलाचन्द्र राईले ६ सय ९० मत प्राप्त गरेका छन् ।
विजयी खड्काले चौदण्डीगढी–६ भुल्के स्थित सगरमाथा आधारभूत विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।
चौदण्डीगढी नगरपालिका को नगर प्रमुख पदमा एमाले का कालुमान लामा ५ हजार ७ सय ६५ नेपाली काङ्ग्रेसका खगेन्द्र राइ ४ हजार ८ सय १२ समाजबादि का नरेन्द्र कुमार राउतले २ हजार ८ सय १५ मत प्राप्त गरेका छ्न उपप्रमुख मा एमालेकि मणिकादेबि दुलालले ५ हजार ९ सय ९३ काङ्ग्रेसकि रिताकुमारि चौधरी ४ हजार ५ सय ७९ माओबादिकि हिरा थापाले २ हजार ७ सय१६ मत प्राप्त गरेकि छिन । याे सँगै चाैदण्डीगढीमा नगरपालिकामा एमालेको तर्फबाट वडा न १ मा सिताराम राइ वडा न २ मा हरि बहादुर खडका वडा न ४ मा लुङ्गाराज राइ वडा न ५ मा तुलसि ढकालले जित हासिल गरेको छन । काङ्ग्रेसको तर्फ बाट वडा न ३ मा प्रशुराम राइ वडा न ६ मा अम्बर बहादुर खड्का ले जित हासिल गरेको छन।

Facebook Comments Box