फत्तेपुर /सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका को नगरप्रमुखमा नेपाली काङ्ग्रेस उम्मेद्वार ढकाल विजयी भएका छन ।
सप्तकोसी नगरपालिका को नगर प्रमुखमा कृष्ण प्रसाद ढकाल र उपप्रमुखमा रिताकुमारि चौधरी बिजयी भएकि हुन । नगर प्रमुखमा ढकालले ४ हजार ४ सय ६९ मत प्राप्त गरि बिजयी भएका छन । ढकालका प्रतिद्वन्दी एमालेका उत्तमकुमार शर्माले २ हजार ९ सय ६७ मत प्राप्त गरेका छन । कांग्रेस का ढकालले एमालेका शर्मा लाइ १५ सय२ मतको मतान्तरले पछि पारेर विजयी भएका छन।
उपप्रमुख मा काङ्ग्रेस की रिताकुमारि चौधरी ले ३ हजार ९ सय ५८मत ल्याई बिजयी भएकि छिन । चौधरीकि निकटतम प्रतिद्धन्द्वी एमाले कि संगिता चौधरी ले ३ हजार २ सय मत प्राप्त गरेकि छिन।
सप्तकोसी मा नेपाली काङ्ग्रेस ले नगरप्रमुख र उपप्रमुख सहित ६ वटा वडामा विजयी हासिल गरेको छ भने माओबादि केन्द्र ले एउटा मात्र वडा मा विजयी हासिल गरेको छ बाकी नेकपा एमालेले ४ वटा वडा मा विजयी हासिल गरेको छ।नेपाली काग्रेसले वडा नम्बर १ ,४,५,७,९ र १० नम्बर वडा मा जित हासिल गरेको छ । माओबादि केन्द्रले वडा न ८ र नेकपा एमालेले भने वडा नम्बर २, ३,६ र १० वडा जितेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमाले का उत्तमकुमार शर्मा विजयी हुँदा पराजय भोगेका ढकालले २०७९ मा आएर उनै शर्मालाइ पराजय गर्दै नगर प्रमुखमा विजयी भइ सप्तकोसी नगरपालिका मा एमालेको लालकिल्ला समेत तोडिएको छ।

Facebook Comments Box