फत्तेपुर/ नेपाल सरकारले कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आइतबार आर्थिक वर्ष ०७९/०८० को बजेट भाषण प्रस्तुत गर्दै तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले नेपाल प्रहरी, नेपाली सेना शिक्षकसहित निजामती सरकारी कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइने बताएका छन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था गरिएको छ ।

Facebook Comments Box