फत्तेपुर / सप्तरीको कञ्चनरुप नगरपालिकामा आज दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की २१ वर्षीया अन्जली सरदार र उनको काका ससुरा ४० वर्षीय मधु सरदार रहेका छन् ।
पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय मनोज कुमार साहले जानकारी दिए ।
टुवेलमा पानी लिन गएकी अञ्जलीलाई करेन्ट लागेको थियो । बुहारीलाई करेन्ट लागेको थाह पाएर काका ससुराले बचाउन जाँदा उनको पनि मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

Facebook Comments Box