सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा यामाहा मोटरसाइकलको नयाँ सोरुम शाखा बुधबार देखि सञ्चालनमा आएको छ । सप्तकोसी नगरपालिकाको को फत्तेपुरमा जेनिसा अटोमोबाइलस ट्रेडर्सले संचालनमा ल्याएको यामाहाको १११ औं शाखाको उद्घाटन बुधबार सप्तकोसी नगरपालिकाकि उप प्रमुख रिताकुमारि चौधरीले एक कार्यक्रमका बिच गरिन। फत्तेपुर मा यामाहा सोरुमको उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख चौधरी ले भनिन यामाहा कम्पनीका मोटरसाइकल खरिद गर्नु परेमा यहाँका मानिसहरुले इटहरी ,गाइघाट,राजबिराज जानु पर्ने बाध्यता थियो अब हाम्रै बजारमा सोरुम संचालनमा आए पछि बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको बताइन। सोरुम उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका यामाहा कम्पनीका ब्यापार प्रबर्द्धन प्रमुख हरि दहालले यामाहा सधैँभरि आफ्ना ग्राहकको आवश्यकताप्रति सजग रहँदै आएको बताए । देशभर ११० वटा सोरुमका शाखा भए पनि सप्तकोसीमा यसको आवश्यकता देखिएकाले कम्पनीले ग्राहकका लागि १११ औं शाखाको रुपमा नयाँ सोरुम सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।


सोरुममा यामाहा कम्पनीका मोटरसाइकल बिक्रीका साथै स्पेयर पार्टस् र सर्भिसका सेवाहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । सोरुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेकाले एफआई प्रविधियुक्त बाइकहरूको नवीन प्रविधिद्वारा जाँच गरी हेल्थकार्ड पनि निःशुल्क निकालिने जनाइएको छ ।
सेल्स सर्भिस पार्टस दक्ष प्राबिधिक मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने एफआइ जडित प्रबिधि यामाहामा रहेको र यो सबै सेन्सर बाट चल्ने प्रबिधि भएको मोरङ अटो वक्र्स नेपालकै पहिलो कम्पनी बनेको दहालले बताए  ।
फत्तेपुरमा संचालन गरिएको सोरुमले केहि समय पछि यामाहा एक्सचेन्ज मेला पनि सुरु गरिने जेनिशा अटोमोबाइल्स ट्रेडर्स का प्रोप्राइटर राम कृष्ण स्वर्णकारले जानकारी दिएछ। मेलामा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरूमा बजार प्रचलित मूल्यांकनभन्दा थप मूल्यांकन गरिने कम्पनीले जनाएको छ । यसका साथै ७ हजार रुपैयाँ छुट दिइने स्वर्णकारले जानकारी दिए। सोरुम उद्घाटन कार्यक्रममा सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल,उधोग बाणिज्य संघ फत्तेपुरका अध्यक्ष सुदाश राइले शुभकामना मन्तव्य राखेका थिए।

Facebook Comments Box