उदाउँदो सूर्यलाई अर्घ दिदै छ्ठ पर्व सम्पन्न
सप्तकोसी /छठ पर्वको अन्तिम दिन आज बिहानै त्रियुगा किनार लगायत खोला पोखरिहरुमा उदाउँदो सूर्यलाई अर्घ दिदै पूजाआराधना गरि छ्ठ पर्व सम्पन्न भएको छ। तराई मधेश लगायतका विभिन्न जिल्लासहित देशैभरी धार्मिक विधिपूर्वक उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विधिवतरुपमा सम्पन्न गरिएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिकाको त्रियुगा नदि किनारमा सदा झै यस बर्ष पनि छठ पुजा व्यवस्थापन समितिले विशेष तयारीका साथ त्रियुगा नदिमा छठ पुजा गरेको थियो । छठ पुजाको विशेष दिन बिहिवार श्रद्धालुहरुले नदिकिनार पोखरी तलाउ खोलानालामाहरुमा गै अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पुजाको सुरुवात गरि शुक्रबार विहान उदाउदो सुर्यलाई अर्घ दिदै छठ पुजाको समापन गरिएको छ ।
धार्मिक आस्थाबोकेको छठ समबेशी रुपमा पुजा गरि हरेक समुदायले मनाउदै आएका छ्न। हजारौको सख्यामा धर्मलम्बिहरुले पुजा आजा गर्नुका साथै हजारौं अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गरि छठ पर्व समापन गरिएको छठ पुजा व्यवस्थापन समितिका सदस्य रमनबाबु कर्णले जानकारी दिए। जिल्लाको विभिन्न नदि, खोला, पोखरी लगायतका स्थानमा छठ पुजा गर्ने चलन छ । मधेसी समुदायले विशेषगरी मनाउदै आएको यस पर्व पछिल्लो समय सबै समुदायले विशेष चाडको रुपमा मनाउदै आएका छन ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समय देखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेला देखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्य माथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको जानकारहरू बताउँछन् ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सराप द्वारा कुष्ठरोग बाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रता बाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
छ्ठ पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत बस्ने द्वारा कामना पूरा गराउने चलन छ । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ ।