सरकार उद्योग,कृषि र पर्यटन क्षेत्रलाइ प्राथमिकता मा राखेर अगाडि बढेको: मन्त्री लेखि
जनकपुरधाम / सरकार उद्योग ,कृषी र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको मधेस प्रदेशका गृह,सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले बताए।
प्रदेशमा देखिएका कृषि पर्यटन र उद्योग क्षेत्रका समस्या समाधानका लागि मंगलबार मन्त्रालयमै उद्योगी व्यापारीहरु सँग भएको छलफलको क्रममा कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाइएको बताए। लेखीले मधेश प्रदेश सरकारले हरेक क्षेत्रलाई प्राथमिकता राखेर सुझाव सल्लाह लिने गरेको र सोही अनुसार अगामी दिनमा कार्ययोजना तयार गरी अघि बढने बताए। लेखिले छलफलको क्रममा उठेका विषय वस्तुहरु मध्ये तत्काल समाधान गर्न सकिने विषयलाई सरकारले तत्कालै समाधान गर्ने र तत्कालन गर्न नसकिने विषयलाई दृर्घकालिन योजना बनाएर कामलाई अगाडी बढाइने बताए । लेखिले प्रदेश सरकारले काम गर्दै जाँदा उत्पन्न हुन सक्ने समस्याहरुको समाधानका लागि उद्योगी व्यवसायीहरुको भूमिका महत्वपुर्ण भएको भन्दै साथ सहयोगका लागि आग्रह गरे । लेखिले केही कानून निमार्ण भइसकेको र केही निमार्णको क्रममा रहेकोले कानून निमार्णको कामले पूर्णता पाउन वितिकै प्रदेशको कामकाजले गति लिने बताए ।
छलफलको क्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मधेश प्रदेशको समृद्धिको अधार कृषि, पर्यटन र उद्योग क्षेत्र भनिएपनि विगतमा प्रदेश सरकारले सो अनुरुप काम गर्न नसकेको धारणा राखे । उनले मधेश प्रदेशमा ६१ प्रतिशत उब्जाउ जमिन रहे पनि परम्परागत खेतीको कारण उत्पादन बढन नसकेको भन्दै उत्पादन बढाउनका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी बैज्ञानिक प्रणालीमा अधारित भएर कामकाजलाई अगाडी बढाउनका लागि प्रदेश सरकारकार लाई आग्रह गरे । जनकपुरधाम उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनिष रमन साहले मधेश प्रदेशमा लगानी गर्न चाहने लगानीकर्ताका लागि सुरक्षा सहितको बातावरण तयार हुनु पर्ने बताए ।
उनले लगानीकर्तालाई उद्योग संचालनका लागि कर छुट , विजुलीको व्यवस्थापन हुनु पर्ने धारणा राखे । उद्योग बाणिज्य संघ नेपालका पूर्व केन्द्रिय सदस्य निर्मल चौधरीले सप्तरी देखी पर्सा सम्म रहेको धार्मिक कोरीडोरलाई प्रदेश सरकारले पर्यकीए क्षेत्रको रुपमा विकास गरी सञ्चार क्षेत्रको माध्यमले विश्वलाई चिनाउनु पर्ने बताए। उनले जानकीको भूमि पुनौराधाम हो भन्ने किसिमलेले भारत सरकारले त्यो क्षेत्रलाई विकास गर्न खोजेको भन्दै हामी यस विषयमा गम्भिर हुनु पर्नेमा जोड दिए । उनले जानकी मन्दिरलाई छिटट्ै ट्रष्टमा लैजानका लागि प्रदेश सरकारले पहल गर्नु पर्ने भन्दै जनकपुरधाम आउने पर्यटकको लागि प्याकेजको व्यवस्थापन हुनु पर्ने धारणा राखे । छलफलमा मधेश प्रदेश सरकारका मुख्यन्यायधिवक्ता विरेन्द्र कुमार ठाकुर सहितका व्यक्ति हरुको सहभागिता रहेको थियो ।