सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा शनिबार देखि दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।
सप्तकोसी नगरपालिका वडा नं १ को सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर द्वारा संचालित प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले गरेका छ्न।
प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा उदयपुरको बेल्टार एकता फुटबल क्ल्बले टि.आर.वाइ.सि राजबिराजलाइ ४-० गोलअन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको आइतबार हुने दोस्रो खेल गाइघाट युनाइटेड र प्रोग्रेसिभ युवा ओद्राहा क्ल्ब सप्तरी बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रोग्रेसिभ युथ क्लब ओद्राह , बेल्टार एकता युवा क्ल्ब उदयपुर ,गाइघाट युनाइटेड उदयपुर ,डाफे युवा क्ल्ब सप्तरी ,बसाह क्लब उदयपुर अजम्बरि युवा क्ल्ब उदयपुर , रिभरसाइड फुटबल क्ल्ब सप्तरी , आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर गरि उदयपुर र सप्तरीका ८ वटा टिमहरुले सहभागिता जनाएको न्यु त्रियुगा स्पोर्ट्स क्ल्बका अध्यक्ष अजय श्रेष्ठले जानकारि दिए।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र र उपबिजेता टिमले नगद २० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

Facebook Comments Box