सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा संचालित दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
सप्तकोसी नगरपालिका वडा नं १ को सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर द्वारा संचालित प्रतियोगिताको समापन खेलको उद्घाटन सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले निर्णायकलाइ म्याच बल हस्तान्तरण गरेर गरेका थिए।                    प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरलाइ ट्राइवेकरमा ५-४ गोलको अन्तरले हराउँदै प्रोग्रेसिभ युवाक्ल्ब ओद्राहाले उपाधि जितेको छ।निर्धारित समयमा दुबै टिमले बराबरी १-१ गोल भएपछि खेलको निर्णय ट्राइवेकरबाट गरिएको थियो।                                                      सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रोग्रेसिभ युथ क्लब ओद्राह , बेल्टार एकता युवा क्ल्ब उदयपुर ,गाइघाट युनाइटेड उदयपुर ,डाफे युवा क्ल्ब सप्तरी ,बसाह क्लब उदयपुर अजम्बरि युवा क्ल्ब उदयपुर , रिभरसाइड फुटबल क्ल्ब सप्तरी , आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर गरि उदयपुर र सप्तरीका ८ वटा टिमहरुले सहभागिता जनाएको न्यु त्रियुगा स्पोर्ट्स क्ल्बका अध्यक्ष अजय श्रेष्ठले जानकारि दिए।          प्रतियोगिताको बिजेता टिम प्रोग्रेसिभ युवाक्ल्ब ओद्राहाले नगद ३० हजार सहित ट्रफि मेडल प्रमाणपत्र र उपबिजेता न्यु त्रियुगाले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।                                                                   

 

Facebook Comments Box