सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा ६९ औं  राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।  त्रीयुगा बहुमुखी सहकारी सस्थाको आयोजना तथा सप्तकोसी नगरपालिकाको सहकार्यमा ६९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।                                                        सहकारी दिवसको अवसरमा सहकारीकर्मीहरुले फत्तेपुर बजारमा प्रभातफेरी गरि कोणसभा गरेका थिए। स्थानीय भगवती मन्दिरमा समपन्न कोणसभामा बक्ताहरुले सहकारीले स्थानीय स्तरमा पुर्याएको सेवामाथी प्रकाश पारेका थिए।
प्रभातफेरीमा विभिन्न भेष भुशामा सजिएका स्थानीयले नेवारी ,थारु,तामाङ ,राई समुदायको झाकी र पन्चेबाजा सहित बजार परिक्रमा  गरेका थिए।
कार्यक्रममा नगर भित्रका सामुदायिक बिधालायमा आधारभुत तहमा अध्यनरत बिधार्थिको हाजिरिजवाफ प्रतियोगिता पनि आयोजना गारिएको थियो।
हाजिरीजवाफ प्रतियोगितामा जनहित राप्राबि गङाजली प्रथम,माबि ओद्राहा द्वितीय र जनता माबि भगनी तृतिय भएको त्रियुगा बहुमुखी सहकारी  सस्थाका ब्यबस्थापक दिपक कार्कीले बताए।
बिजेतालाई नगदसहित पुरुस्कार सहित प्रमाणपत्र  प्रदान गरिएको थियो।                                                                                                    ६९औं राष्ट्रिय सहकारी दिवस फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारीले छुट्टै  विभिन्न कार्यक्रम गरि मनाएको छ।

Facebook Comments Box