नोटबन्दीको चर्चा : अफवाह मात्रै !

२५ फागुन, काठमाडौं । ‘कहिले स्थानीय चुनाव, कहिले एमसीसी त कहिले नोटबन्दी । हल्लैहल्लाले बेलाबेलामा तर्साउँदै जान्छ त के हो ?’ क्रिस खत्रीले फेसबुकमा लेखे । नलिन नाम गरेका अर्का फेसवुक प्रयोकर्ताले सोधे-५०० र हजारका नोट डिमोनिटाइजेसन लागू भएर सेयर बजारमा कस्तो असर पर्ला ?
सामजिक सञ्जालमा केही दिनदेखि नेपालमा नोटबन्दी हुने चर्चा छ । खासगरी सेयर बजार सम्बन्धी छलफल गर्ने ग्रुपहरुमा यो विषयले निकै चर्चा पाएका छन् । अहिले लगानी योग्य रकम अभाव भएको र कतै कालोधन लुकाइएको छ कि भन्ने आशंकामा यस्ता विषयहरु सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्ने विज्ञहरु बताउँछन् ।

Facebook Comments Box