सप्तकोसीमा अग्रता बढाउदै काङ्ग्रेस का ढकाल

फत्तेपुर/ सप्तरीको सप्तकोसी नगरपालिकाकाे मेयरमा नेपालि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकालले अग्रता बढाउदै गएका छ्न। सप्तकोसी वडा न १ को ७सय ५० मत गणना हुँदा ढकालले १ सय ५२ मतले अग्रता लिएका छन । दिउँसो १२:३० बजे सम्मको प्रारम्भिक मतपरिणाम अनुसार ७ सय ५० मतगणना हुँदा मेयरमा काङ्ग्रेसका ढकालले ३ सय ५० मत पाएका छ्न भने एमालेका उत्तमकुमार शर्माले १ सय ९८ माओबादि केन्द्रका रबिन्द्र चौधरीले ७६ एकीकृत समाजबादिका नारायण प्रसाद आचर्यले ६१ राप्रपाका सिताराम भट्टराईले ३० मत पाएका छन । उपमेयरमा काङ्ग्रेसको ३ सय ३ मत एमालेको १सय ८६ माओबादि १ सय १० समाजबादि ४९ राप्रपाले ४६ मत पाएको छ ।सप्तकोसी नगरपालिका नेपाली काङ्ग्रेस अगाडि छ भने एमाले पछ्याउँदै गरेको छ।
वडा नम्बर १ काे ७ सय ५० मतगणना भै सक्दा वडामा पनि कांग्रेस नै अगाडि छ काङ्ग्रेसका रोहिणि प्रसाद पोखरेलले २ सय ८७ मत पाएका छ्न भने एमालेका नारायण खड्काले १ सय ८४ मतपाएका छ्न माओबादिका सन्तोष खतिवडा ले १ सय १७ मत समाजबादिका काजि परियारले ४८मत पाएका छ्न भने राप्रपा का लोक बहादुर कार्की ले ३८ मत पाएका छ्न स्वतन्त्र उम्मेदवार अरुण कटवालले ३८ मत प्राप्त गरेका छ्न। याे वडामा जम्मा २१ सय ३७ मत खसेको छ।
