सप्तकोशी । भूकम्पमा परी कर्णाली प्रदेशमा १५७ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पमा परी हालसम्म ३७५ जना घाइते भएका छन् । गम्भीर घाइतेको हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगन्जमा उपचार भइरहेको छ ।
सामान्य घाइतेहरूको उपचार स्थानीय र जिल्ला अस्पतालहरूमा भइरहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको हो ।

Facebook Comments Box