सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुर बजार र मेन रोडमा सप्तकोसी  Gen z युवाहरूले  जेब्राक्रसिङ र स्पीड लिमिट बोर्ड  बनाएका छ्न।
सप्तकोसी नगरपालिकाको मुख्य बजार क्षेत्रमा पैदलयात्रीहरूको सुरक्षा लाइ ध्यानमा राख्दै सप्तकोसी Gen Z युवाहरूको सक्रियता र ट्राफिक प्रहरी फत्तेपुरको सहयोगमा फत्तेपुरको मेनरोडको लिटल स्टार बोर्डिङ स्कूल, त्रियुगा बोर्डिङ स्कूल अगाडि र फत्तेपुरको मुख्य चौक क्षेत्रमा गरि ३ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको सप्तकोसी Gen Z युवा अगुवा सुयोग ढुंगाना जानकारी दिए।                      Gen Z युवाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर बाँकी रहेका स्थानहरूमा जेब्राक्रसिङ निर्माण तथा आवश्यक स्थानहरूमा स्पीड लिमिट बोर्ड राख्ने कार्यक्रम रहेको ढुंगानाले जानकारी गराए। सडक सुरक्षा र जनचेतना अभिवृद्धि गर्ने उदेश्यले Gen Z युवाहरू सक्रिय अभियानमा विभिन्न ब्यक्तिहरुले स्वतस्फूर्त आर्थिक सहयोग गरेको ढुंगानाले बताए।सार्बजनिक स्थलमा जेब्रा क्रसिन्ङ निर्माण र स्पीड लिमिट बोर्ड राख्ने अभियानमा जोडिन सम्पुर्णलाइ आग्रह गर्दै बैशाख ६ गते १० उपस्थित भै अभियानलाइ सफल पार्न सबैमा अनुरोध गरेका छ्न।
“सुरक्षित सडक, सभ्य यातायात र जिम्मेवार नागरिकताको अभ्यासतर्फ एक कदम अघि बढौँ” भन्ने मुल उदेश्यका साथ जेब्रा क्रसिङ निर्माण र स्पीड लिमिट बोर्ड राख्ने अभियानको आयोजना गरिएको छ।

Facebook Comments Box