उदयपुरको बेल्टारमा भएको आगलागीमा परि २ जनाको मृत्युु


बेल्टार /उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टार बजारस्थित शान्ति चौकमा मङलबार भएको भीषण आगलागीमा परि २ जनाको मृत्युु भएकोछ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागीमा परी २ जनाको मृत्यु हुनुका साथै करिब ६३ लाख रुपैयाँँ बराबरको क्षति भएको छ ।
बिहानको ०३:२० बजे रबिन कुमार दास र पदम खड्काको घरमा अचानक आगलागी हुदाँ २ जनाको मृत्यु र अन्दाजी ६३ लाख रुपैयाँँ बराबरको क्षति भएको हो ।
प्रहरीका अनुसार पदम खड्काको घरमा अचानक आगलागी हुदाँ निजको बुवा अन्दाजी बर्ष ७० को लक्ष्मी नारायण खड्का र निज मृतककै नाती अन्दाजी बर्ष ३० को पवन खड्काको जली मृत्यु भएको छ ।
आगलागीबाट रबिन कुमार दासको काठको घर र किराना पसलको समेत गरेर अन्दाजी २० लाख रुपैयाँँ ,पदम खड्काको घर र चौपायामा २ वटा खसी समेत गरी अन्दाजी ३० लाख १० हजार रुपैयाँ , पदम खड्काको घरमा रहेको मित्र थापामगरको स्टेशनरी पसलको गोदाममा रहेका स्टेसनरीको सामान ६ लाख रुपैयाँँ ,होम बहादुर परियारको ट्रेलरको अन्दाजी २ लाख , मैया पौडेलको चटपटे पसल र अन्य सामानहरु गरी अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।
चौदण्डीगढी नगरपालिका र त्रीयुगा नगरपालिकाको वारुण यन्त्र, सशस्त्र प्रहरी, जनपद प्रहरी , नगर प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान साढे ५ बजे आगलागी नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आईसकेपछि रौतामाई गाउँपालिका र छिमेकी जिल्ला सप्तरीको कंचनरुप नगरपालिकाको दमकल पनि आईपुगेको थियो ।
आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको र मृतक लक्ष्मी नारायण खड्का र पवन खड्काको लास नगर अस्पताल बेल्टारको सव गृहमा राखि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पीडित २ घर परिवारलाई चौदण्डीगढी नगरपालिकाले प्रारम्भिक चरणको राहत प्रदान गरेको छ । कार्यवाहक नगर प्रमुख समेत रहेका नगर प्रवक्ता तथा वडा नम्बर ९ को वडा अध्यक्ष प्रकाश राउतले पीडित परिवारका प्रतिनिधिलाई राहत सामाग्री प्रदान गरेका हुन । पालिकाले ब्ल्यान्केट, डस्ना, सिरानी , तन्ना, झुल , ग्यास सिलिन्डर , ग्यास चुल्हो , लत्ताकपडा , चामल, तेल, दाल लगायतका सामाग्री प्रदान गरेको हो । सोही समयमा नेपाल रेडक्रस सोसाइटी उदयपुरले दुबै परिवारलाई एक-एक थान त्रीपाल उपलब्ध गराएको थियो । रेडक्रस उदयपुरका सभापति शम्भु पौडेलले पिडित परिवारलाई त्रीपाल हस्तान्तरण गरेका थिए।

