खगेन्द्र सप्तकोसी / सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा शुक्रबार महंगु लेखी वृद्धाश्रमद्वारा आयोजित सम्मान जनता टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा सप्तकोसी सेरोफेरो डटकमका सम्पादक खगेन्द्र कार्की सहित विभिन्न संचार माध्यमका सम्पादक , प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा जेष्ठ नागरिकहरु एक कार्यक्रमका बिच शुक्रबार  सम्मानित भएका छ्न।
महंगु लेखी वृद्धाश्रमका संरक्षक मधेस प्रदेशका माननीय तथा मधेस प्रदेशका निबर्तमान गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रम मधेश प्रदेशका सभामुख राम असिस यादवको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा देशको अवस्था र ब्याबस्था परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याएका बिभिन व्यक्तित्वहरूलाइ दोसल्ला ओढाएर सम्मान गरिएको छ।

वृद्धाश्रमद्वारा आयोजित सम्मान कार्यक्रममा संचार माध्यमको क्षेत्रबाट विभिन्न परिबर्तनका आन्दोलन तथा समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको र संचार माध्यम भनेको समाजको ऐना भएकाले विभिन्न संचार माध्यमका सम्पादकहरुलाइ सम्मान गरिएको छ।सम्मानित हुने संचारकर्मिहरुमा जनता टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा सप्तकोसी सेरोफेरो डटकमका सम्पादक खगेन्द्र कार्की प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, अवलौकित दैनिकका सम्पादक भोला पासवान,तराइ खबरका सम्पादक राजकुमार पासवान,न्युज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङल कन्चन २४ का सम्पादक अनिल पोखरेल कंचनरुप न्युजका सम्पादक उत्सब आचर्य सप्तकोसी खबरका सम्पादक बिपि कोइराला लगायतलाइ कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका सभामुख राम आसिस यादबले दोसल्ला ओढाएर सम्मान गरेका थिए।कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्बाह गरि देशको ब्याबस्था र अवस्था परिबर्तनमा महत्त्वपूर्ण योगदान पुर्याउने सप्तरी क्षेत्र न १ विभिन्न राजनीतिक तथा सामाजिक योद्धाहरुलाइ सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा प्रजातान्त्रिक आन्दोलनका अग्रजहरु कम्न्युस्ट नेता तथा पुर्व मन्त्री सत्यनारायण कम्न्युस्ट नेता दिवाकर देबकोटा कमन्युस्ट नेता मुरारी कार्की ,पुर्व मन्त्री हेमराज तातेड,उपेन्द्र कुमार झा, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ र रामदेव चौधरी लगायतलाइ दोसल्ला ओढाएर सम्मान गरिएको छ।
कार्यक्रममा ८० बर्ष पुगेका जेष्ठ नागरिकहरुलाइ समेत मधेस प्रदेशका सभामुख रामआसिस यादवले दोसल्ला ओढाएर सम्मान गरेकाछ्न।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख यादवले देश परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि विभिन्न क्षेत्र बाट महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने र राष्ट्रप्रति समर्पित योद्धाहरुलाई सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिदै उनले कार्यक्रमले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन भावी पुस्तालाई सकारात्मक संदेश प्रवाह गर्ने बताए ।                                      कार्यक्रममा सम्मानित पूर्वमन्त्री सत्यनारायण मण्डलले आफ्नो योगदानको सहि मुल्यांकन भइ सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै प्रजातन्त्र भनेको जीवन पद्धति भएकोले यसका हिमायतीहरु कहिले कम्जोर हुनु नहुने बताए । उनले देशका लागि लडेकाहरु अपमानित हुँदा लोकतन्त्र कम्जोर भएको टिप्पणी गरे ।
पूर्वमन्त्री तातेडले बालेन सरकारको कामकारबाहीको अहिले नै मुल्यांकन गर्ने बेला नभएपनि पछिल्लो क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरे । उनले बर्तमान सरकार नसच्चिए अन्य दलहरू जस्तै सकिएर जाने तर्क गरे ।                                                        सम्मानित हुने अर्का प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा एमाले नेता दिवाकर देवकोटाले नेताहरूको अहमता, अहंकार र अत्याचारको प्रतिफल स्वरुप नयाँ पार्टीले अद्भुत जनादेश पाएको बताए । उनले जनताबाट गुमेको विश्वासलाई फर्काउन नेताहरुको सोच परिबर्तन हुनुपर्ने बताए ।                                                सम्मान कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एबम महंगु लेखी वृद्धाश्रमका संरक्षक मधेस प्रदेशका माननीय तथा मधेस प्रदेशका निबर्तमान गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी भने देश परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि विभिन्न क्षेत्र बाट महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने र राष्ट्रप्रति समर्पित प्रजातान्त्रिक  योद्धाहरु र समाज परिबर्तनमा कलमको माध्यम बाट महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु हुने संचार कर्मि र समाजमा रहेका जेष्ठ नागरिकलाई सम्मान गर्न पाउदा अत्यन्तै खुशी महसुस भएको बताए। महंगु लेखी वृद्धाश्रमले यो क्षेत्रका बृद्धअबश्था मा रहेका जेष्ठ नागरिकहरु लाइ सदैव सम्मान सहित संरक्षण गर्ने उदेश्य रहेको बताए ।

Facebook Comments Box