खगेन्द्र कार्की – फत्तेपुर/ सप्तरीको कन्चरुप नगरपालिका मा आयोजित जनसभा लाइ सम्बोधन गर्दै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि नेपाली जनता लाइ नागरिकता लिन बाट बन्चित हुन नदिने वताएका छ्न ।

Ad
जनसभा लाइ सम्बोधन गर्दै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली

सप्तरीको कन्चरुप नगरपालिका मा शनिबार राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटी द्वारा आयोजित मधेस प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी गठन तथा बृहत आम सभालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले ऐन कानुनको अभावमा नागरिकता नपाएका सबै नेपाली जनतालाइ मंसिर ४ सम्म पर्खन आग्रह गर्दै मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले त्यस्ता नेपालीलाई नागरिकता प्रदान गर्ने बताएका छ्न।एमालेको सरकार बन्ने साथ नागरिकताको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाउने वताउँदै अध्यक्ष ओलीले भने ‘हामी ग्यारेण्टी गर्छौं, नागरिकताको समस्या समाधान गर्ने छौं । सुकुम्वासी समस्या समाधान गर्ने छौं । सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने छौं । ज्येष्ठ नागरिकलाइ सहाराविहीन हुन दिने छैनौं यो सबको लागि मङ्सिर ४ को दुबै तहको निर्बाचन मा ढुक्क भएर नेकपा एमाले को चुनाव चिन्ह सुर्य मतदान गर्न सम्पुर्ण सप्तरी बासिमा आग्रह गरेका छ्न ।

जनसभा लाइ सम्बोधन गर्दै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली

आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत ऐन ल्याई नागरिकता प्रदान गर्दै गर्दा अदालतमा मुद्दा हालेर रोक्नेहरू अहिलेका गठबन्धनवालाहरू भएको वताउँदै अध्यक्ष ओलीले आफूले पटक पटक संसदमस संशोधन ल्याउन दुई दिनमै पारित गरौंला भन्दा गठबन्धन दलहरूले त्यसतर्फ बेवास्ता गरेका र अहिले एमालेलाई नागरिकता विधेयकको विरोधी हो भन्ने भ्रम जनतामा लैजान खोजेको वताउदै सम्पुर्ण सप्तरी बासि जनतालाइ आग्रह गर्दै भने गठबन्धन का उम्मेदवार हरुको भ्रममा नपरि नेकपा एमाले का सम्पुर्ण उम्मेदवार हरुलाइ मतदान गर्न समेत आग्रह गरे।

मधेस प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी गठन तथा बृहत आमसभा मा विभिन्न पार्टी परित्याग गरि हजारौं नेता तथा कार्यकर्ता नेकपा एमाले मा प्रेबश गरेका छ्न नब प्रबेसिहरु लाइ प्रमुख अतिथि तथा पार्टी अध्यक्ष केपि शर्मा ओलिले टिका लगाएर पार्टी मा स्वागत गरेका छ्न। राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटि अध्यक्ष मोबिन आलमको अध्यक्षता मा सम्पन्न कार्यक्रम नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेल ,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक महेश बस्नेत ,केन्द्रिय अध्यक्ष किरण पौडेल नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज दिवाकर देबकोटा , केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्जहरु राजकुमार लेखि ,सरिता गिरि लगायतले मन्तव्य राखेको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सम्पुर्णलाइ राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज मनिष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

Facebook Comments Box