सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा जारी तेस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सत्तिसाले स्पोर्टिङ मोरङ जितेको छ।
सप्तकोसी नगरपालिकाको मुख्य सहयोगमा नगरखेलकुद बिकास समिति सप्तकोसीको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स कल्ब फत्तेपुरको सहआयोजनामा मा संचालित  प्रतियोगिताको शुक्रवार भएको फाइनल खेलाडीसँग  बसाह कल्ब उदयपुर र सत्तिसाले स्पोर्टिङ कल्ब मोरङ बिच भएको खेलमा बसाहालाइ १-० को गोलअन्तरले पराजित गर्दै सत्तिसाले स्पोर्टिङ कल्ब मोरङ प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार भएको फाइनल खेलको पहिलो हाल्पमा दुबै टोलीको तर्फबाट कुनैपनि गोल नभएर गोल रहित (०-०) को बराबरीमा समाप्त भएको थियो ।                                          दोस्रो हाल्प पनि निकै प्रतिस्पर्धात्मक भएको थियो खेलको निर्धारित समयको ६३औं मिनेटमा सतिसालेको तर्फबाट फागु राम थारूले गोल रक्षक लभकुश मगरलाई छल्दै उत्कृष्ट गोल गरेर टिमलाइ १-० को अग्रता दिलाएका थिए निर्धारित समयमा डिबक्स यरिया भित्र मोरङ फल हुदा बसाहाले पेनाल्टी पाएको थियो पेनाल्टीको सदुपयोग गर्न नसक्दा सत्तिसाले तेहि १-० को अग्रताले प्रतियोगिताको फाइनलमा उपाधि जित्न सफल भएको हो।                                      खेलमा उत्कृष्ट प्रदर्शन गरेका बसाहा का सुदीप श्रेष्ठ ‘ म्यान अफ दि म्याच ‘बन्दै नगद रु.२५०० सहित ट्रफि प्राप्त गरे।
प्रतियोगिताको बिजेता बनेका टोली सतिसाले स्पोर्टिङ्ग क्लब, मोरङ्गले नगद रु. २,०२,२२२ सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् त्यसैगरी उपबिजेता बनेका टोली बसाहा क्लब उदयपुरले भने नगद रु.१,०१,१११ सहित ट्रफि, मेडल र प्रमाण-पत्रमा चित्त बुझाएको छ।
प्रतियोगिताको विभिन्न विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता सतिसालेका फागु राम थारु र उत्कृष्ट गोल रक्षक सतिसालेका बिपुल मगरले क्रमष नगद रु. ५००० सहित ट्रफि प्राप्त गरेको छन।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिजल राईले नगर रु. ७५०० सहित ट्रफि प्राप्त गरेको छ।                                  जेष्ठ १ गते देखि संचालित सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा आयोजक सप्तरी , बसाह फुटबल क्ल्ब उदयपुर ,चिडियादह स्टार क्ल्ब रौतहट ,सतिसाले स्पोर्टिङ क्ल्ब मोरङ ,इटहरी फुटबल क्ल्ब सुनसरी ब्रोदर्स युवा क्ल्ब सिन्धुली ,सर्लाही ११ उदयपुर युनाइटेड फुटबल क्ल्ब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।

Facebook Comments Box