सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा जारी तेस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बसाह फुटबल क्ल्ब उदयपुर र सतिसाले स्पोर्टिङ क्ल्ब मोरङ भिड्ने भएका छ्न।           प्रतियोगिताको मङलबार भएको सेमिफाइनल खेलमा आयोजक सप्तरी ११ लाइ हराउँदै बसाह फुटबल क्ल्ब फाइनल प्रवेश गरिसकेको छ।  प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा इटहरी फुटबल क्ल्ब सुनसरी लाइ हराउँदै सत्तिसाले स्पोर्टिङ मोरङ फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको बुधबार भएको इटहरी र मोरङ बिच भएको खेलमा इटहरीलाइ ३-१ को गोलअन्तरले पराजित गर्दै मोरङ फाइनल प्रवेश गरेको छ।इटहरीका युगेन राईले सुरुआती अग्रता दिलाए पनि सतिसालेका अनिष पुलामी मगरले १ गोल मोरङ फागुराम थारुले २ गोल गरेर टिमलाई ३-१ को अन्तरले जित दिलाए ।प्रतियोगिताको म्यान अफ दि म्याच फागुराम थारु घोषित भए।                            प्रतियोगिताको फाइनल खेल जेष्ठ ८ गते शुक्रबार सतिसाले स्पोर्टिङ क्लब मोरङ र बसाहा फुटबल क्ल्ब उदयपुर बिच हुने आयोजकले जनाएको छ ।
जेष्ठ १ गते देखि संचालित तेस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा आयोजक सप्तरी , बसाह फुटबल क्ल्ब उदयपुर ,चिडियादह स्टार क्ल्ब रौतहट ,सतिसाले स्पोर्टिङ क्ल्ब मोरङ ,इटहरी फुटबल क्ल्ब सुनसरी ब्रोदर्स युवा क्ल्ब सिन्धुली ,सर्लाही ११ उदयपुर युनाइटेड फुटबल क्ल्ब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।                                    प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख र १ लाख नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

Facebook Comments Box