खगेन्द्र कार्की ,फत्तेपुर/ सप्तरीका सहकारी अगुवा शम्भु बहादुर खड्काले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। राष्ट्रिय सहकारी बोर्डका सन्चालक समिति सदस्य शम्भु बहादुर खडकाले आइतबार सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा एक उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गरी आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । सप्तरी निवार्चन क्षेत्र नं. १ को ‘क’ बाट खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न। सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर मा रहेको त्रियुगा सहकारीको सस्थाको सन्चालक समिति अध्यक्ष पदमा रहि लामो समय देखि सहकारी अभियान्तको रुपमा काम गरेका खडकाले सहकारी सेबा मार्फत किसानहरुको हकहितको लागि लामो समय देखि काम गर्दै आएका खडका सामाजिक तथा राजनीतिक क्षेत्रमा उनको लामो योगदान छ। सहकारी मार्फत किसानहरुको हकहित लागि लड्दै आएता पनि सोचेअनुरुप काम गर्न नसकिएकाले नीति निर्माण तहमै नबसि जनता हरुको जिबन स्तर उकास्न नसकिने देखिएपछि आफु प्रदेश सभा सदस्य पद उम्मेदवारी दिन लागेको बताए। राजनैतिक दलहरु प्रतिको जनबिस्वास गट्दै गएको अबस्थामा दल भन्दा माथि उठेर स्वतन्त्र रुपमा रहेर यो सप्तरी क्षेत्र न १ क का सम्पुर्ण शिक्षा ,स्वास्थ्य कृषि पशुपालन लगायतका क्षेत्र बिकास गर्नको लागि सदैब लागि रहेनै प्रतिबद्धता का साथ आउदो मङ्सिर गते हुने प्रदेश सभा को निर्वाचन आफ्नो अमुल्य मत दिइ आफ्नो मतको सहि सदुपयोग गर्नुहुन सम्पुर्ण १ नम्बर क्षेत्र बासि मतदाताहरुलाइ अनुरोध गरेका छ्न। स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै खडकाले भने पटक पटक राजनीतिक दलको भोट बैंक भएर काम गरियो यो पटक आफै उम्मेदवार भएर आएको छु आफ्नो अमुल्य मत दिइ बिजयि गराउन अनुरोध गर्दै जनताको मतको सहि सदुपयोग गर्ने समेत प्रतिबद्धता जनाएका छ्न।

Facebook Comments Box