कञ्चनरुप / सप्तरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत धनेन्द्र अधिकारी रहेका छन ।
क्षेत्र नम्बर १ मा कञ्चनरुप नगरपालिका,सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, अग्नीसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिका रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ४८ वडाहरु समावेश छन् भने प्रदेश सभा (क) मा २५ वटा वडाहरु र प्रदेश सभा (ख) मा २३ वटा वडाहरु समावेश रहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १३ हजार १ सय ९५ कुल मतदाता संख्या रहेका छन् भने प्रदेश सभा सदस्य (क) मा कुल मतदाता संख्या ६० हजार ७ सय ७७ जना र प्रदेश सभा सदस्य (ख) मा ५२ हजार ४ सय १८ मतदाता संख्या रहेका छन् ।

Facebook Comments Box