सप्तरीमा ५ जनाले उम्मेदवारी फिर्ता लिए



फत्तेपुर/सप्तरीमाबाट मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता गरेका ५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सप्तरी जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा गरि १ सय ८१ जना उम्मेदवारी मनोनयन दर्ता भएका मध्ये बाट बुधबार ५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
मनोनयन दर्ता गरेका मध्ये बाट ५ जनाले उम्मेदवारी फिर्ता लिए पछि सप्तरीको ४ वटा निर्वाचन क्षेत्र बाट १ सय ७६ जना उम्मेदवार चुनावी मैदान मा उत्रिएका छ्न ।
मुख्य निर्वाचन कार्यलयको कार्यक्रम सूची अनुसार बुधबार बिहान १० बजेदेखी १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिए अनुसार पाँच जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन फिर्ता लिनेहरुमा प्रतिनिधीसभा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र शर्मा क्षेत्र नं. ३ को प्रदेशसभा क बाट स्वतन्त्र उम्मेदवारी दिएका अनिल कुमार गुप्ता र ३ कै प्रदेशसभा “ख” मा स्वतन्त्र उम्मेदवारी दिएका अमरेन्द्र कुमार यादब निर्वाचन क्षेत्र नं. १ ख को प्रदेशसभा उम्मेदवार दिएका कुमार नाथ मिश्र र निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवारी दिएका मोहम्मद गफुरले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यलय जनाएको छ।
सप्तरी जिल्ला बाट ४ प्रतिनिधीसभाका लागी ६९ र ८ प्रदेशसभा सदस्य पदका लागी १ सय ७ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागी सप्तरी मा ४ लाख १८ हजार ३ सय ७४ कुल मतदाता संख्या को लागि ५ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ ।

