फत्तेपुर /केहि दिन अगाडी मृत अबस्थामा भेटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव हत्या अभियोगमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परेका छन् । किटानि जाहेरी का आधार मा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाइ पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश सिंहले बताए । सशस्त्र प्रहरी जवानलाई पक्राउ गरी घटनाबारे छानविन जारी छ, डिएसपी सिंहले भने, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, अनुसन्धान भै रहेको छ । बिहीबार मात्रै सोही घटना अनुसन्धानका लागि सशस्त्र प्रहरी नम्बर ६ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्का हेडक्वार्टर तानिएका छन् । नेपाल–भारत सीमाभन्दा करिब तीन किलोमिटर दक्षिणमा नाङ्गो अवस्थामा असई यादवको शव भेटिएको थियो भने टाउकोमा पनि चोट देखिएको थियो । थप कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्न सक्ने डिएसपी सिंहले जानकारी दिए ।

Facebook Comments Box