बिरेन्द्र बजार, २९ असोज । नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाको अध्यक्षमा पुन पदम बहादुर घिसिङ तामाङ चयन भएका छन।
शनिबार सम्पन्न घेदुङको दोश्रो नगर अधिबेशनले घिसिङको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्ष लाल बहादुर गोले, महिला उपाध्यक्ष सुनमाया पाख्रीन, सचिब राजन लोप्चन, सह सचिबमा विमला थिङ र कोषाध्यक्षमा मंगलीमाया सिंदन सर्वसम्मत चयन भएका छ्न ।

समितिका रविमाया सिंदन, सर्मिला गोले तामाङ, कुमारी ग्लान तामाङ, सोम कुमारी जिम्वा, विष्णु कुमारी पाख्रीन, प्रेमिका पाख्रीन, रमेश योन्जन चयन भएको निर्वाचन समिति संयोजक संघीय सदस्य भिम बहादुर घिसिङले जानकारी दिए ।
यसैगरी समितिको सल्लाहकारहरुमा अम्बर बहादुर मोक्तान, चक्र बहादुर वम्जन र मनमाया थोकर रहेको नवगठित समितिका अध्यक्ष घिसिङले जानकारी दिए ।

Facebook Comments Box