अमरेन्द्र : कति फरक पार्लान् नेपाली राजनितिमा ?


बागी न्युज संवाददाता
फागुन २८, विराटनगर । केही वर्ष अघिमात्र राजनितिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका उपेन्द्र यादवका छोरा अमरेन्द्रले आगामी स्थानिय चुनावमा उम्मेदवारी दिने योजना बनाएका छन् । उनले आफु विराटनगर महानगरपालिकाको मेयरका लागि चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा रहेको अनौपचारिक घोषणा गरेकाछन् ।


नेपाली राजनैतिक वृत्तमा अहिलेसम्म उपेन्द्र यादवको छोराको मात्र पहिचानमा सिमित रहेका अमरेन्द्र यो घोषणा पछि राजनितिमा एकाएक चर्चामा छन् । तर उनको परिचय यहीमात्र सिमित रहन्छ कि उनी आफै एक राजनैतिक खेलाडी हुन् भन्ने कुरा भने चुनावको नतिजाले नै निक्र्यौल गर्नेछ ।
हुन त उपेन्द्र यादवलाई नेपाली राजनितिका चतुर खेलाडीका रुपमा चिनिन्छ । उनकै छोरा हुनुका नाताले उनमा पक्कै पनि बाबुको गुण आएको हुनुपर्छ तर राजनितिमा स्थापित हुन त्यही गुणले मात्र निर्धारण गर्दैन । अवसर र भाग्यले पनि साथ दिएको हुनुपर्छ । जे भएपनि यो खवरले राजनितिमा चासो राख्ने सबैलाई कौतुहलता छ– के कति फरक पार्लान् अमरेन्द्रको सक्रिय राजनितिले नेपाली राजनितिमा ?


३४ वर्षिय अमरेन्द्र जल्दाबल्दा युवा हुन् । अहिलेसम्मको राजनिति बुढाहरुले धानिरहेको र प्रभावकारी कोर्ष गर्न नसकिरहेको आक्रोश सबैतिर छाएको बेला अमरेन्द्रको उपस्थिती यी र यस्ता धारणालाई एकत्रित बनाउने एउटा मियो पनि बन्न सक्छ । बुढा नेताहरुको परम्परागत विचार, कार्यशैली र अनुहारले आजित भएका नेपाली जनतामा युवाहरुको सक्रियताले पनि पक्कै पनि केही आशा पलाउने छ । त्यसमाथि निराश र आक्रोशित युवाहरुको जमात युवा उम्मेदवारकै वरिपरि झुम्मिनेछ । यसअर्थमा पार्टीगत राजनिति एकातिर भएपनि युवा अनुहारले बनाउने माहौलकै कारण अमरेन्द्रले चुनाव जित्ने आँकलन पनि गर्न थालिएको छ ।
त्यसो त उनको पार्टीभित्र पनि आन्तरिक समस्या कम छैन । शीर्ष नेताहरु उपेन्द्र, बाबुराम र अशोक राई विच आन्तरिक लडाई जारी नै छ । गुटगत राजनितिबाट आक्रान्त हुँदै र आगामी दिनमा पनि हुने अवस्थामा रहेको जनता समाजवादी पार्टीले अमरेन्द्रलाई टिकट दिएपनि अर्को पक्षले सघाउला नै भन्ने अवस्था नरहन सक्छ । अमरेन्द्रले यसविचमा आफ्नो व्यक्तित्व, कर्म र विचारले कति युवा वा जनतालाई तान्न सक्छन्, जितको रेखा यसैले कोर्नेछ ।
उपेन्द्र यादव माओवादी पृष्ठभूमिका नेता हुन् । उनी भूमिगत हुँदा अमरेन्द्र ६ कक्षाका विद्यार्थी थिए । ८ कक्षा पुग्दा उनको बुबाको राजनितिलाई उनको परिवारलाई नै प्रभाव पा¥यो र उनीपनि भूमिगत रहनुप¥यो । यसअर्थमा अमरेन्द्र आफै राजनैतिक परिवेशबाट हुर्किएका मात्र नभई राजनिति भागेका र बुझेका युवा हुन् । यसले उनको राजनैतिक यात्रालाई पक्कै सहज बनाउनेछ ।
बुबाले माओवादी परित्याग गरी मधेश आन्दोलन मार्फत राजनिति शुरु गरेपछि अमरेन्द्र पनि त्यसैको स्कुलिङबाट अघि बढेका हुन् । अझै पनि उपेन्द्रलाई नेपालको होइन, मधेशको नेता अथवा क्षेत्रिय नेता भन्ने ट्याग लगाउने गरिन्छ । जुन उपेन्द्रका लागि माइनस पोइन्टको कुरा हो । यही ट्यागलाई सामान्यिकरण गर्न उनले बाबुराम, अशोक लगायतसँग एकता गरे तर त्यो त्यति फलदायी देखिदैन । अझै पनि उपेन्द्रलाई नेपालको साझा नेताको सम्मान दिन आनाकानी गर्ने जमात पार्टीभित्रै छ । यो भुङ्ग्रोबाट बाहिर निस्किन अमरेन्द्रलाई पनि पक्कै गाह्रो हुनेछ । उनका लागि यो ठुलो चुनौति देखिन्छ । उनले अब चाल्ने कदम, अब दिने कन्सेप्ट वा भिजनले यी कुराहरुलाई चिर्नेछ । अथवा उनले यसलाई चिर्ने भिजन दिएर कार्यान्वयन गर्नुपर्नेछ ।
उनीसँग विधि विज्ञान पढेको र यसैको कारण डब्लुएचओ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग राम्रो सम्बन्ध रहेको अनुभव पनि उनका लागि प्लस प्वाइन्ट बन्नेछ । उनले विराटनगरको वडा नम्बर १४ मा राष्ट्रिय स्तरको स्वास्थ्य प्रयोगशाला (ल्याब), वडा नम्बर १७, १५ र १२ मा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेर जनस्तरमा भिज्ने अभ्यास गर्दै आएकाछन् ।
………………

