सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिकामा जारी १६ औं सप्तरी जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सुरुङा नगरपालिका ले जितेको छ।
सप्तकोसी नगरपालिका वडा न ८ स्थित रहेको नन्द उमा पब्लिक मा बि ओद्राहा को खेलमैदानमा आइतबार सम्पन्न भएको प्रतियोगितामा १७ स्वर्ण पदक सहित सुरुङा नगरपालिका पहिलो भएको छ भने ८ स्वर्ण पदक सहित सप्तकोसी नगरपालिका दोस्रो भएको छ भने ३ स्वर्ण पदक सहित बोदेबर्साइन नगरपालिका तेस्रो भएको छ।
जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजना र सप्तकोसी नगरपालिकाको सहआयोजनामा जेस्ठ ८,९ र १० गते सम्म सन्चालन गरिएको प्रतियोगितामा महिला पुरुष भलिबल एथलेटिक्स,कर्बडी,कराते,तेक्वान्दो,उसु लगायत १८ बिधामा सप्तरी जिल्लाका ५ वटा पालिका बाट २ सय ७७ खेलाडीहरुले सहभागिता जनाएका थिए।
प्रतियोगितामा बिजयी पालिका का खेलाडी हरुलाइ समापन कार्यक्रम का प्रमुख अतिथी तथा सप्तकोसी नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद ढकाल ,कार्यक्रमका बिशिस्ट अतिथी तथा सुरुङा नगरपालिका कि नगर प्रमुख गिता चौधरी लगायतले पुरस्कार बितरण गरेका थिए।

Facebook Comments Box