1. सप्तकोसी /लागुऔषध बिक्री गरेको आरोपमा सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरका पोलिक्लिनिक  संचालक अशोक यादब मंगलबार पक्राउ परेका छ्न।
    इलाका प्रहरी कार्यालय उदयपुर बेल्टारबाट खटिएको प्रहरी टोलीले फत्तेपुर स्थित बसपार्कमा रहेको शुभकामना श्री पोलिक्लिनिक एन्ड डाइग्नोसिस प्रा.लि.का संचालक अशोक यादवलाई आफ्नै पसलबाट पक्राउ गरेको छ ।
    गत साउन १० गते इलाका प्रहरी कार्यालय बेल्टारबाट सवारी चेकिङमा खटिएको प्रहरीले टोलिले चेकजाँचको क्रममा चौदण्ढिगढि नगरपालिका वडा न ६ का शेखर तामाङ र सुष्मा राइको साथबाट प्रतिबन्धित लागुऔषध  TRAMANIL ६०० ट्याब्लेट र COLIBAN ६०० ट्याब्लेट सहित पक्राउ गरेको थियो।पक्राउ परेका तामाङ र राइको बयानका क्रममा प्रतिबन्धित लागू औषध जिल्ला सप्तरी सप्तकोशी न.पा.वडा नं.१ फत्तेपुर बसपार्क छेउ अशोक यादवले संचालन गरेको औषधी पसलबाट किनेर ल्याएको भने पछि पक्राउ परेका तामाङ र राइको बयानको आधारमा २०८१ साउन १७ गते सम्मानित उदयपुर जिल्ला अदालतबाट पक्राउ अनुमती लिई पोलिक्लिनिक संचालक अशोक यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रमुख ओमप्रकास पुनले जानकारी दिए ।

पक्राउ परेका यादव सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ घर भई सप्तकोशी नगपरपालिका वडा नं.१ मा पोलिक्लिनिक संचालन गर्दै आएका थिए। पक्राउ परेका पोलिक्लिनिक संचालक यादबको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका सुचना अधिकारी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । भारत संग सिमा नाका नजिक रहेकाले फत्तेपुर लगायत आसपासका औषधि पसल र ब्याक्ती हरुले प्रतिबन्धित लागुऔष भारतबाट सस्तोमा खरिद गरि ल्याइ सप्तरी उदयपुरका लागुऔषध प्रयोग कर्ताहरुलाइ चर्को मुल्यमा बिक्रीवितरण गर्ने गरेको स्थानीयहरु बताउछ्न। औषधि पसल अनुगमन गर्ने निकाय मौन बस्नु र स्थानीय सरकारले गर्नु पर्ने बजार अनुगमन शन्यू हुनुले पनि बजारमा लागुऔषध लगायत कालोबजारी मौलाउदै गएको स्थानीयहरुको भनाइछ।

Facebook Comments Box