सप्तकोसी /समाचार संकलन गर्न गएका पत्रकार माथि सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले दुर्व्यवहार गरेका छन ।                                                                    पालिकामा समाचार संकलन गर्न गएका पत्रकारहरुलाइ पालिका अध्यक्ष मण्डलले मंगलबार पत्रकारलाइ थुन्नुका साथै पत्रकारको माइक खोस्दै दुर्व्यवहार गरेका छ्न।
पालिकाले गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार गाउँपालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारमाथि पालिका अध्यक्ष मण्डलले अभद्र व्यवहार गरेका हुन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा रिपोर्टिङ गरिरहेका बेला नेपाल पत्रकार महासंघ सप्तरी शाखा सचिब तथा कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता आरएन विश्वासको माइक अध्यक्ष मण्डलले खोसेका थिए । विश्वाससँगै पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष नवीन गुप्ता र महासंघका कार्यसमिति सदस्य एवम् नेपाल समाचारपत्रका सप्तरी संवाददाता विद्यानन्द रामलाई गाउँपालिका अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुन्नुको साथै दुर्व्यवहार गरेको पीडित पत्रकारहरुले बताए ।
राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले विधि, पद्धति र ऎन विपरीत १३ औं गाउँसभा गरेको भन्दै ३३ गाउँसभा सदस्य मध्य उपाध्यक्षसहित १७ जना गाउँसभा सदस्य गाउँसभाको विपक्षमा छन् । पुन:गाउँसभा गर्नुपर्ने लगायतका विभिन्न ४ सुत्रीय माग राखी बहुमत गाउँसभा सदस्यसहित सयौं स्थानीयले प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंग्रातीलाई आइतबार ज्ञापनपत्र समेत बुझाएका छन् ।
सोही ज्ञापनपत्रको बोधार्थ अध्यक्ष मण्डल र उपाध्यक्ष रेणु कुमारी मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारलाई अध्यक्ष मण्डलले अभद्र व्यवहार गरेका थिए ।समाचार संकलन गर्न गएका पत्रकार माथि समाचार संकलन मा हस्तछेप गर्दै दुव्र्यवहारको घोर भत्सर्ना गर्दै दोषी उपर कडा कारबाही को माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरीले प्रेस बिज्ञाप्ति जारि गरेको छ ।स्थानीय सरकार प्रमुख लगायतका जनप्रतिनिधिहरु द्वारा  दिन प्रतिदिन संचारकर्मिहरु माथि  दुव्र्यवहार हुनु निन्दनीय रहेको महासंघ सप्तरी अध्यक्ष सर्वण देबले बताए।

Facebook Comments Box