राजगढ गाउँपालिका द्वारा पत्रकार माथी भएको घटना प्रति दुख ब्यक्त गर्दै बार्ता द्वारा निकास खोज्न पत्रकारहरुलाइ आग्रह


सप्तकोसी/सप्तरीकाे राजगढ गाउँपालिमा साउन २२ गते पत्रकार माथि भएको अप्रत्याशित घटना प्रति दुख ब्याक्त गर्दै राजगढ गाउँपालिकाले साेमबार प्रेस बिज्ञप्ती जारी गरेकाे छ ।
राजगढ गाउँपालिका अध्यक्ष ओम प्रकाश मंडलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा साउन २२ गते पत्रकारहरुसंग भएकाे अप्रत्यासित घटनाप्रति दु:ख ब्यक्त गर्दैकुनैपनि समस्याकाे समाधान वार्ता र संवादकाे माध्यमबाट नै हुने मान्यतालाई मध्य नजर गर्दै उक्त घटना लाइ वार्ता र संवादकाे माध्यमबाट निकास खाेज्न सम्वद्ध सम्पूर्ण पत्रकारहरुमा अनुराेध गरेका छ्न।



भने सोमबार नै जिल्ला समन्वय समिति सप्तरीले एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार माथि भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बार्ता र सम्बादको माध्यमबाट निकास खोज्न सम्बन्धित सबै पक्षलाइ आग्रह गरेको जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण शाह द्वारा हस्ताक्षर भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
राजगढ गाउँपालिकामा साउन २२ गते समाचार संकलन गर्न गएका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव तथा कान्तीपुर टेलिभिजनका संवाददाता राम नारायण बिश्वास, महासंघ कै काेषाध्यक्ष एवं राजबिराज दैनिकका प्रकाशक नवीन गुप्ता र महासंघका कार्य समिति सदस्य एवं नेपाल समाचारपत्रका संवाददाता बिधानन्द रामलाई दुर्व्यवहार गरेका थिए ।दुर्ब्यवहारको घटना लगत्तै नेपाल पत्रकार महासंघ सप्तरी शाखा र पीडित पत्रकारले दाेषीमाथि कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छ्न ।


