मधेस प्रदेशका मुख्यमन्त्रीले ८ जना राज्यमन्त्री पद मुक्त गरे


सप्तकोसी / मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका आठजना राज्यमन्त्रीहरुलाई पदमुक्त गरेका छ्न।
मधेस प्रदेशमा राज्यमन्त्री सहित २० सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन भएपछि चौतर्फी विरोध भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्री हटाउने निर्णय गरेका छ्न। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने ८ राज्यमन्त्रीहरूलाई पत्राचार गर्दै उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।


यही साउन २२ गते गठित मन्त्रिपरिषद समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्नुभएको उक्त कार्यालयले जनाएको छ ।
प्रदेश सरकारबाट पदमुक्त हुने राज्यमन्त्रीहरुमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह , मोहम्मद जैद आलम , केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग रहेका छ्न

