रक्तमाला सामुदायिक बन सप्तरी जिल्लामा प्रथम
सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर मा रहेको रक्तमाला नमुना सामुदायिक बन उपभोक्ता समुह सप्तरी जिल्लामा प्रथम भएको छ।
डिबिजन बन कार्यलय सप्तरीले राजबिराजमा मंगलबार एक कार्यक्रमको आयोजना गरि आ.ब.२०८०/०८१ मा सामुदायिक बन र निजि बन तर्फ उत्कृष्ट कार्य गर्दै आएका ३ सामुदायिक बन र ३ निजि बनलाइ नगद र प्रमाणपत्र सहित पुरस्कृत गरेको छ। सप्तरी जिल्लामा रहेका १ सय ३६ वटा सामुदायिक बन मध्येबाट जिल्लामा बन संरक्षण,बन ब्याबस्थापन,उपयोग लगायत सुशासनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समिति जिल्लामा प्रथम हुँदै नगद सात हजार सहित प्रसंसापत्र पाएको छ।
बयरबन सामुदायिक बन शम्भुनाथ दोस्रो र पन्चकन्य सामुदायिक बन सुरुङा तेस्रो हुदै क्रमशः नगद ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाएको छ।जिल्लामा निजि बन सन्चालन गरि बन बिकासमा योगदान दिएकाले निजि बन तर्फ शिबनारायण यादव अग्निसार ६ प्रथम रुद्रबहादुर कार्की सुरुङा ३ दोस्रो र असिया देबि चौधरी सुरुङा लाइ तेस्रो पुरस्कार बितरण गरिएको डिभिजन बनकार्यलय सप्तरीले जनाएको छ।यसै गरि डिभिजन बन कार्यलय मातहतका बिभिन्न बन कार्यलयमा कार्यरत रहि उत्कृष्ट कार्यसम्पादन तथा उत्कृष्ट कर्मचारीको रुपमा काम गरेका ३ जना कर्मचारीलाइ समेत पुरस्कृत गरिएको डिभिजन बन कार्यलय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए।