सप्तरीबाट पुर्व डिआइजि सहित १० जना सिकारी मारेको बदेल सहित पक्राउ
सप्तकोसी /सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी पलार क्षेत्रबाट गोलि हानि मारि ट्याक्टरमा लोड गरेको बदेल सहित नेपाल प्रहरीका पुर्व डिआइजि लगायत १० जना सिकारी बुधबार राति पक्राउ परेका छ्न।
कोशीब्यारेज आसपास कोशीपलार क्षेत्रमा अबैध गाँजा तस्करी भईरहेको सूचनाका आधारमा खटिएको प्रहरीको गस्ति टोलीले पुर्व डिआइजि सहित १० जना सिकारीहरुलाइ मारेको बदेल सहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता ढुण्डीराज न्यौपानेले बताए । बन्यजन्तु चोरी शिकारीमा संलग्न शिकारीको टोलीले बँदेल मारेर को १ त ६९ नम्बरको ट्याक्टरमा लोड गरी फर्किंदै गर्दा सिकारीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका २ घर भएका नेपाल प्रहरीका पूर्व डिआईजी ज्ञानविक्रम शाह,बिराटनगर उपमहानगरपालिका ३ का बहालवाला प्रहरी नायव निरीक्षक सञ्जय न्यौपाने, हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, सोही नगरपालिका–२ का जर्नादन राउत, वडा नम्बर –५ का ओमशंकर प्रसैला, वडा नम्बर –१ का लक्षमण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का रविन दास र इटहरी–२ का प्रदीप लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सिकारीहरु संगै को २ त ६९ नम्बरको ट्रयाक्टरमा लोड भएको बदेल प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो, २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान,१ ट्राइपोर्ट लगायतका हातहतियार सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिकारीहरुलाइ जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी घटनावारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरी प्रबक्ता ढुण्डीराज न्यौपानेले बताए । जानकारी दिए ।