सप्तकोसी/ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी पलार क्षेत्रबाट भदौ १२ गते गोली हानि मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश यादवलाई जोगाउने गरी सप्तरी प्रहरीले घटनालाई अन्यत्र मोड्ने चलखेल शुरु गरेको छ ।

पुर्व डिआइजि बहालवाला सइ र पुर्वउपसभामुखका छोरा सहित १० जना सिकारीले बँदेललाई मारेर ट्याक्टरमा लोड गरेको अबस्थामा पक्राउ गरेको पुष्टि भइसकेको बँदेललाई बेवारिसे भन्दै सप्तरी प्रहरीले चोरी सिकारीमा संलग्न रहेकाहरूलाई जोगाउने खेल सुरु गरेका छ्न ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी व्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले गत बुधबार राति हातहतियारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका पूर्वडीआईजी शाह र विराटनगर–३ घर भएका बहालवाला सई न्यौपाने र हनुमाननगर कंकालिनी नगरपालिका–८ घर भएका पूर्वउपसभामुख गगा यादवका छोरा आकाश यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ का जनार्दन राउत, इटहरी–२ का प्रदीप लिम्बु, राजविराज–७ का रविन दासलाई समेत पक्राउ गरिएको थियो । यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादव पक्राउ पक्राउ परेका थिए ।
पक्राउ परेका तस्करीमा संलग्नको साथबाट प्रहरीले २२ क्यालिवरको राइफल एक थान म्यागजिन दुई थान १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर एक थान ट्राइपोर्ट , फलामको हथौडा एक थान र खुर्पा एक थान बरामद गरेको थियो । को२त ६९ नम्बरको ट्र्याक्टरमा गोलि हानि मारिएको बँदेल लोड गरिएको अबस्थामा र प्र ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियोसमेत नियन्त्रणमा लिएको थियो।

चोरि सिकारीमा संलग्न पुर्व डिआइजि र बहालवाला सइ हतियार र मारेको बँदेलसहित पक्राउ परेपछि चोरी सिकारीमा प्रहरीनै परेपछि पक्राउ परेकालाइ घटनास्थलबाट छोड्न प्रहरीका उच्च अधिकारीले दबाब दिएका भएता पनि पक्राउ गर्ने टोलीका कमान्डर इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुशान्त मिश्रले गैरकानुनी कार्य गर्नेलाई छोड्न नमिल्ने भन्दै मारिएको बँदेल, हातहतियार, सवारी साधन र पूर्वडीआईजीसमेत १० जनालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरलाइ जिम्मा लगाएका थिए ।

पूर्वडीआईजी शाह र बहालवाला सइ सहितलाई जोगाउन प्रहरी निरीक्षक मिश्रलाई बँदेल वेवारिसे अबस्थामा फेला परेको भनेर प्रतिवेदन तयार गर्न जिल्ला प्रहरी प्रमुख वज्राचार्य र इलाका प्रहरी प्रमुख नेपालले दबाब दिएको प्रहरी स्रोतले बताएको छ ।
अवैध चोरी सिकारी गर्दै गरेको अवस्थामा मारिएको बँदेलसहित नियन्त्रणमा लिएकाले वेवारिसे फेला परेको झूटो विवरण समेटेर प्रतिवेदन नदिने प्रहरी निरीक्षक मिश्रले अडान लिएपछि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी वरिष्ठ नायव निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक कृष्ण राजवंशी र प्रहरी हबलदार युगेश्वर खत्वेसँग संयुक्त प्रतिवेदन तयार गर्न लगाएर तस्करीमा संलग्न लाइ जोगाउने खेल भै रहेको छ जानकारहरु बताउछ्न।

Facebook Comments Box