सप्तकोसीमा हाजिरीजबाफ प्रतियोगिता गरि मनाइयो ५८ औं अन्तरास्ट्रिय साक्षरता दिवस



सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका मा अन्तर बिधालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता गरि मनाइयो ५८ औं अन्तराष्ट्रिय साक्षरता दिवस।
‘बहुभाषिक शिक्षा को प्रवर्धन:पारस्पारिक समझदारी र शान्तिको लागि साक्षरता ‘ भन्ने मूल नाराका साथ ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसरमा आइतबार सप्तकोसी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा द्वारा राष्ट्रिय मा बि फत्तेपुरमा आयोजित आधारभुत तह अन्तर बिधालय हाजिरीजबाफ प्रतियोगितामा सस्थागत र सामुदायिक गरि २० बिधालयले सहभागिता जनाएका थिए भने माध्यामिक तह अन्तर बिधालय स्तरीय हाजिरीजबाफ प्रतियोगितामा ८ वटा बिधालयले सहभागिता जनाएका थिए। प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले सप्तकोसी नगरपालिका पूर्ण साक्षर तर्फ अघि बढिरहेको बताए। पूर्ण साक्षर हुन १५ देखि ५९ वर्ष समूह को साक्षर दर ९५ प्रतिशत पुग्नु पर्नेमा अहिले सो दर ९२.८७ मात्र रहेकाले अब को केही वर्ष भित्र उक्त दर बढेर पूर्ण साक्षर बन्नेमा विश्वस्त रहेको बताउनु भयो। नगर भित्र रहेका विद्यालयहरूमा कार्यरत शिक्षक हरुको लगनशीलता प्रशंसा गर्दै चौधरी ले पूर्ण साक्षर हुन मा सबैले सहयोग गर्नु पर्ने मा जोड दिए।

हाजिरीजाफ प्रतियोगितामा मा माध्यामिक तह तर्फ मोदर मेमोरियल सेकेन्डरि स्कुल प्रथम गोवर्धन बैरागि जनता मा वि द्दितिय र पाइनियार एकेडेमी स्कुल तृतीय भएका छ्न भने आधारभुत तह तर्फ लिटिल स्टार बोर्डिङ स्कुल फत्तेपुर प्रथम,नमूना सनसाइन् ई बो स्कूल बलार्दह द्दितिय र गोवर्धन मा बि फत्तेपुर तृतीय भएका थिए।
कार्यक्रम मा सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणीप्रसाद पोखरेल ,वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन, वडा न ३ का वडा अध्यक्ष देबाकान्त गोजेवार ,वडा न ९ का वडा अध्यक्ष राजेन्द्र प्रसाद यादव, त्रियुगा सहकारीका व्यवस्थापक दीपक कार्की,मनकामना सहकारी का व्यवस्थापक दीपक खड्का,नेकपा एमाले सप्तकोसी नगरकमीटि अध्यक्ष पारस दाहाल,लुम्बिनी बिकाश बैंक फत्तेपुर शाखा प्रमुख आशिष भट्टराई , फत्तेपुर प्रहरी चौकी का प्रमुख,शशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प फत्तेपुर प्रमुख लगायत विभिन्न विद्यालय का शिक्षकहरू को उपस्थिति रहेको थियो।



