सप्तकोसी  / नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल सोमबार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट लाइ राजिनामा पत्र लेख्दै पदबाट राजीनामा दिएका छ्न
नेपाल पत्रकार महासंघको निर्वाचन गर्न पटकपटक मिति तोकिएको भएता पनि तेस्रो पटक पनि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएपछि आफुले राजनीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छ्न।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान लिएका अध्यक्ष पोखरेल को कुरा नमानि सदस्यता सुदृढीकरणको विवाद समाधान भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले अडान लिए पछि तोकिएको समयमा महासंघको निर्वाचन नहुने निस्चित भए पछि पोखरेलले राजिनामा दिएका हुन।
नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको निर्वाचन नहुने निस्चित भएको छ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो सदस्यता शुद्धिकरण को बिषयमा विवाद हुँदा अहिले सम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुन सकेको छैन।नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटीले असोज ५ लाई निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।

Facebook Comments Box