सप्तरी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सप्तकोसीका खगेन्द्र र अमरको जोडिलाइ
सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा १० औं संविधान दिवसको अबसरमा आयोजित सप्तरी जिल्ला स्तरीय अन्तर पालिका ब्याडमिन्टन प्रतियोगिताको उपाधि सप्तकोसी नगरपालिकाका खगेन्द्र कार्की र अमर बि. क.को जोडीले जितेका छ्न। सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा १० औं संविधान दिवसको अबसरमा आयोजित प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा कन्चरुप नगरपालिकाका रोहितमान तामाङ र सरोज तामाङको जोडिलाइ २०-२२,२१-१८ र २१-१८ को अन्तरले पराजित गर्दै सप्तकोसी नगरपालिकाका खेलाडी खगेन्द्र कार्की र अमर बि क को जोडीले प्रतियोगिताको उपाधि जितेका छ्न।
प्रतियोगितामा कन्चरुप नगरपालिकाका रोहितमान तामाङ र सरोज तामाङको जोडी दोस्रो, खड्क नगरपालिकाका धिरेन्द्र पटेल ,रजाउल हकको जोडी र कन्चरुप नगरपालिका का सुनिल थापा मगर र गोकुल नारायण श्रेष्ठको जोडी तेस्रो भएका छ्न। प्रतियोगिताको सप्तकोसी नगर स्तरीय बि डिभिजन तर्फको फाइनल खेलमा रमानन्द चौधरी र राम कटवालको जोडीलाइ २१-१२ र २३-२१ को अन्तरले पराजित गर्दै कालुराम बिष्ट र संगम राउतको जोडि प्रथम भएका छ्न भने रमानन्द चौधरी र राम कटवालको जोडी दोस्रो, बालकृष्ण घिमिरे र जिबन फुयाल को जोडी,आशिष लामिछाने र नवराज थापाको जोडी तेस्रो भएका छ्न। १० औं संविधान दिवसको अबसरमा सप्तकोसी नगरपालिका वडा न १ को मुख्य सहयोगमा सप्तरी जिल्ला ब्याडमिन्टन संघको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा संचालित २ दिने सप्तरी जिल्ला स्तरीय अन्तर पालिका र सप्तकोसी नगरपालिका स्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको समापन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाकि उप प्रमुख रिताकुमारि चौधरी सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो। सप्तरी जिल्लाका ३० जोडी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने दुबै बिधाका बिजेता खेलाडीहरुलाइ क्रमशः नगद १५ हजार १० हजार र ४/४ हजार ट्रफी मेडल र प्रमाणपत्र सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल उप प्रमुख रिताकुमारि चौधरी निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलले बितरण गरेका जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले जानकारी दिए।
समापन कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद ढकाल निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरे जिल्ला ब्याडमिन्टन संघ सप्तरीका उपाध्यक्ष खगेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए।