सप्तकोसी / उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बर्खेडाडामा हुँदै आएको नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको १० औं  सस्करण असोज १७ गते देखि सञ्चालन हुने भएको छ ।

बसाहा क्लबले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको छ।
बसाह क्लबले सन्चालन गर्दै आएको नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०८१ असोज १७ गते देखि २४ गते सम्म सन्चालन हुने भएको छ। २००७ सालका क्रान्तिका योद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबको आयोजना र चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने भएको छ।
प्रतियोगितामा ए डिभिजन क्ल्ब सहित ८ वटा प्रतिष्ठित फुटबल क्ल्बहरुले सहभागीता जनाउने बसाहा क्लबका सचिब लाखमान राइले जानकारी दिए। प्रतियोगिताको दशौं संस्करणको गोल्डकप प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साविकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिंग एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सलेहस क्लब सिराहा र संकटा एफसी काठमाडौंले सहभागिता जनाउने सचिब राइले जानकारी दिए।

 

 

 

 

 

 

दशौ नारदमुनी थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको विजेता टिमले नगद ५ लाख सहित ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र र उपबिजेता टिमले नगद २ लाख २५ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने बसाह क्ल्बका अध्यक्ष गौतम राइले जानकारी दिए।

Facebook Comments Box