बागीन्युज संवाददाता

धरान, चैत्र १२ । नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ को बैठकले एडिबीद्धारा सञ्चालित धरानको खानेपानी आयोजनामा अनियमितता भएको भन्दै सोको छानविनको माग गरेको छ ।

बैठकले हाल धरानमा देखिएको खानेपानीको अभावका सन्दर्भमा धरान खानेपानी व्यवस्थापन बोर्ड तथा सम्बन्धित जिम्मेवार व्यक्तिहरुसँग छलफल गर्ने, तत्काल ट्याङकरवाट नै भएपनि खानेपानी आपूर्ति गर्नुपर्ने, आयोजना सम्बन्धि विज्ञको प्राविधिक तथा वित्तिय रिर्पोट सार्वजनिक गर्नुपर्ने, आयोजनामा भएको लापारवाही र अनियमितताको छानवीन गरिनुपर्ने, आयोजना असफल भएकोबारे एडिवीको ध्यानाकर्षण गराउने तथा खानेपानी आपूर्तिमा भएको व्यवस्थापकीय कमजोरीमा सुधार गर्नुपर्ने र खानेपानीको दिगो समाधानका लागि कोशीवाटै पानी ल्याउनुपर्ने लगायत माग गरेको छ ।

क्षेत्रिय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न बैठकले क्षेत्रिय कार्यसमितिलाई पूर्णता दिएको छ । क्षेत्रिय सचिव महेन्द्र प्रधानका अनुसार बैठकले लक्ष्मी खतिवडा, मुकेश थापा, विनोद मानन्धर, धर्म तामाङ, पदमसुन्दर लिम्व, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, राम बुढाथोकी, रामबहादुर मगर, शुक्रराज राई, दिनेश श्रेष्ठ र रेखा लिम्वुलाई सुनसरी क्षेत्र नं. १ सदस्यमा मनोनित गरेको छ । त्यसैगरी विवेक प्रसाई, योगेश थपलिया, नविन रेग्मी, वुना शंकर, प्रदिप थापा, सुरेन्द्र श्रेष्ठ, मनिष शाही, दिपक लिम्वु, ध्रुव गिरी, रीता खनाल, राजेन्द्र राई, कमला रुचाल, ढुण्डीराज ढकाल, अमरबहादुर धौलाकोटी, दुर्गा देवी अधिकारी, कमल भट्टराई, विष्णु गुरुङ, विष्णु श्रेष्ठ (सुन्दरी), विष्णु वराल, सुशिला श्रेष्ठ, राजेश तामाङ, नवराज श्रेष्ठ, कृष्णवहादुर कार्की, अशोक शाह र नर्मदा पौडेललाई आमन्त्रित क्षेत्रिय सदस्यमा मनोनित गरेको छ ।

सभापति तामाङको प्रस्ताव अनुसार बैठकले लक्ष्मी खतिवडा, मुकेश थापा, उमेश पौडेल, अतुल श्रेष्ठ लोकमणि शर्मा, आशिष कटवाल, शोभा पुलामी, सन्ध्या श्रेष्ठ, किशोर विक, सम्राट क्षेत्री, पुष्पा राई, पर्शुराम चौधरीलाई कार्यसम्पादन समितिको सदस्य अनुमोदन गरेको छ । क्षेत्रिय कार्यसमिति पदाधिकारीहरु कार्यसम्पादन समितिको पदाधिकारी रहने बैधानिक व्यवस्था छ ।

यसैगरी बैठकले प्रतिनिधिसभा क्षेत्र संसदीय समितिको सदस्यमा लक्ष्मी खतिवडा, मुकेश थापा, उमेश पौडेल, अतुल श्रेष्ठ, लोकमणि शर्मा र भगवती खड्कालाई अनुमोदन गरेको छ । नेपाली कांग्रेसको विधानमा क्षेत्रीय कार्यसमितिको सभापति र सचिव संसदीय समितिको पनि सभापति र सचिव रहने तथा यस क्षेत्रका पार्टीका केन्द्रीय सदस्य, निर्वाचित सांसद वा सांसदका उम्मेदवार र क्षेत्रिय कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

सचिव प्रधानका अनुसार बैठकले यही चैत्र १९ र २० गते क्षेत्र अन्तर्गतका २७ सै वडाका टोल कार्यसमिति र वडा कार्यसमितिका सभापति र सचिवहरुलाई प्रशिक्षण दिने निर्णय गरेको छ । क्षेत्रिय विभाग र सल्लाहकार समिति गठन तथा प्रतिनिधि छनौट क्षेत्रिय सभापतिले गर्ने गरी जिम्मेवारी दिएको छ । बैठकले निवर्तमान क्षेत्रिय सभापति स्व. धनबहादुर कटवाल प्रति शोक प्रस्ताव पारित गरेको छ ।
तस्विर : सुजेन्द्र तामाङबाट प्राप्त
…………………

Facebook Comments Box