सप्तकोसी /रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुह फत्तेपुरको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलको अध्यक्षता तथा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख राजकुमार लेखिले ब्यानर बाचन गरेर गरेका छ्न।
२०५२ सालमा सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा स्थापन भइ ८ सय ५० उपभोक्ता रहेको रक्तमाला नमूना सामुदायिक बनको २५ औं बार्षिक साधारणसभा “हरियो बन नेपालको धन” भन्ने मुल नाराको साथ सम्पन्न भएको छ।
सामुदायिक बनको साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखिले बन जङ्गल तथा बाताबरण संरक्षणमा सामुदायिक बनले अहम भूमिका निर्वाह गरेको बताउदै सामुदायिक बन संरक्षणमा आफु र प्रदेश सरकार लागि पर्ने बताएका छ्न।

कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले बाताबरण संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने बन क्षेत्रमा मा रहेका खहरे खोलामा बालुवाको मात्र बढेकाले खोलाको उचाइ माथि भएका कारण प्रत्येक बर्ष गाउँ बस्तिमा प्रवेश गरि धनजनको क्षति गर्ने गरेकोले खोला उच्च भएका ठाउको बालुवा निकाल्ने बाताबरण मिलाउन प्रदेश सरकार र सम्बन्धित निकाए संग आग्रह गरे।
डिभिजन बन कार्यालय सप्तरीका प्रमुख शुभाष चन्द्र दासले सप्तरीमा बन संरक्षणको क्षेत्रमा रक्तमाला नमूना सामुदायिक बनको महत्त्वपूर्ण योगदान रहेको प्रशंसा गर्दै सामुदायिक बन र उपभोक्ताले बन जङ्गलमा हानिहुने कुनै पनि कार्य नगर्न आग्रह गर्दै रक्तमाला सामुदायिक बन जिल्लाकै उत्कृष्ट सामुदायिक बन घोषित भएकोले अब आउदा दिनमा रक्तमाला नेपालकै नमूना सामुदायिक बन हुने गरि काम गर्नु पर्ने बताए।

रक्तमाला सामुदायिक बनको २५ औं साधारणसभामा आ.ब.२०८०/०८१ को ५५ लाख ७२ हजार २ सय ६५ रुपैया बराबरको आय-ब्याय प्रस्तुत गरिएको थियो ।
सामुदायिक बनले उपभोक्ताहरुको जीवन स्तर उकास्ने उदेश्य राखी विभिन्न किसिमका आयमुलक कार्यक्रम ल्याउने र सा ब को पहलमा विभिन्न बेतबास,टपरी ,कुचो र गुन्द्री उधोग संचालन गरि गरिबी निबारणमा पहल गर्ने साथै सामुदायिक बनको अमाह जुटपानी क्षेत्रमा पर्या पर्यटन को रुपमा बिकास गरि पोखरी, पार्क,पिक्निक स्पष्ट ,मिनि चिडियाखाना ,चिल्ड्रेन पार्क, ट्रिहाउस लगायत निर्माण गरि आन्तरिक तथा बाहिय पर्यटक भित्राइ आम्दानीको स्रोत बढाउने लक्ष्य रहेको सा ब का अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।
कार्यक्रममा डिभिजन बन कार्यालय सप्तरीका प्रमुख शुभाष चन्द्र दास,मधेस प्रदेश सभा सदस्य रन्जु खङ  सप्तकोसी नगरपालिका वडा न १ वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल, रक्तमाला सामुदायिक बनका पुर्व अध्यक्ष नारायण प्रसाद आचार्य समाजसेवी शम्भुबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए।सामुदायिक बनको २५ औं साधारणसभाको अबसरमा सामुदायिक बन क्षेत्रमा स्व दानबहादुर जयन्त थापा स्मृति सामुदायिक सभा हल निर्माण गर्नु हुने छोराहरु कृष्णबहादुर थापा, श्याम थापा,कैलाश थापा र नाति जयबहादुर थापा र सामुदायिक बनको अमाह क्षेत्रमा स्टल निर्माण गर्नु हुने कालिकोटे कुल बंश सेवा समाज फत्तेपुर र जुटपानी क्षेत्रमा मा स्व प्रसुराम परियारको नाममा गोलघर निर्माण गर्नु हुने बादल परियार लाइ प्रसंशा पत्र बितरण गरिएको अध्यक्ष लुइँटेलले जानकारी दिए।

 

 

Facebook Comments Box