सप्तकोसीमा कोसेली घरको उद्घाटन



सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित लघु उधमि कोशेलि घरको शुक्रबार उद्घाटन भएको छ।
सप्तकोसी नगरपालिका र कोशि पीडित समाजको आर्थिक र प्राबिधिक सहयोगमा बिपन्न महिला उत्थान कृषि सहकारी सस्था फत्तेपुर द्वारा संचालित कोशेलि घरको उद्घाटन मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले कोशेलि घरको रिवन काटेर गरेका छन।
“एक घर एक रोजगार सबै बनौ स्वरोजगार,ब्यबसायिक लघु उधम समृधिको आधार,सिप हुन्छ हातमा रोजगार साथमा” भन्ने मुल नाराका साथ सन्चलनको तयारीमा रहेको कोसेली घरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री लेखिले कला सस्कृति, लघु उधम र यस्ता खालका संघ सस्था संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताएका छ्न कार्यक्रममा बोल्दै सबै जना लघुउधम मा लागि परे बेरोजगारी समस्या घटेर जाने बताउदै स्थानीय उत्पादन लाइ प्रोत्साहन गर्दै यस्ता कोशेलि घर जस्ता स्थानीय उत्पादनबाट संचालित ब्यापार ब्यबसायहरुलाइ प्रोत्साहन गर्नु पर्ने र आत्म निर्भर बन्न र स्थानीय उत्पादन जोडिन सम्पुर्णमा आग्रह गरे।
कोसेली घर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद ढकालले सप्तकोसी नगरपालिकाको सहयोगमा बिपन्न महिला उत्थान कृषि सहकारी सस्था द्वारा संचालित यो कोसेली घरले नगर क्षेत्रमा स्थानीय लघुउधमिहरुले आत्मनिर्भर बन्ने उदेश्यले उत्पादन गरिएका माल सामानहरुको बजारीकरण र बिक्रीवितरण गर्ने भएकाले स्थानीय उत्पादन संग जोडिदै बेरोजगारी समस्या न्यूनीकरण भएर जाने बताउदै यस्ता खालका लघु उधम संचालन र प्रबर्द्धनमा नगरपालिका सदैव लागि रहने बताए।


कोसेली घर उद्घाटन कार्यक्रममा सप्तकोसी नगरपालिकाकि उपप्रमुख रिताकुमारि चौधरी प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राति,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,वडा न ३ का वडा अध्यक्ष देबकान्त गोजेवार, जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रमुख सशस्त्र प्रहरी प्रमुख लगायत विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति युवराज खनाल,नेकपा एमाले सप्तकोसी नगरकमिटि अध्यक्ष पारस दहाल जसपा नगर अध्यक्ष रामकुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए। बिपन्न महिला उत्थान कृषि सहकारी सस्थाको भवनमा राखिएको कोसेली घरमा स्थानीय दुध जन्य उत्पादन घ्यु,पनिर,बास बेत द्वारा निर्माण भएका डाला नाङला,स्थानीयहरु द्वारा उत्पादन गरिएको आयुर्वेदिक औषधि मोरिङा पाउडर ,ढाका बाट निर्माण गरिएका लत्ता कपडा सिस्नो अल्लो बाट निर्माण गरिएका कपडा अगरबत्ति जुत्ता चप्पल लगायत स्थानीय स्थरमा उत्पादित सम्पुर्ण सामाग्रीहरु कोसेली घरबाट बिक्रीवितरण गरिने बिपन्न महिला उत्थान कृषि सहकारी सस्थाकि अध्यक्ष नरदेबि कार्कीले जानकारी दिइन।

