सप्तकोशी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १० भगनी चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटना मा परि दुई जना घाइते भएका छन्।
सोमबार बिहान ८:३० बजेको को समय मा गाईघाट बाट विराटनगर जाँदै गरेको प्रदेश १ -०२-० ०१ख ९७६३ नम्बर को बसले उदयपुर को बेल्टार जाँदै गरेको प्रदेश १-०५-००१ प २०६० नम्बर को मोटरसाइकललाई ठक्कर दिदा ê उदयपुरको चौदण्डीगढी नगरपालिका वार्ड नं ६ का अन्दाजी ३५ वर्षिय सुमित दास र सुस्मिता दास सख्त घाइते भएको प्रहरी चौकी फत्तेपुर ले जनाएको छ। घाइतेको प्राथमिक उपचार कञ्चनपुरमा गरी थप उपचारको लागि बिराटनगर लगिएको प्रहरीले जनाएको छ। दास बेल्टार मा भाडा पसल गर्दै आएको स्थानिय ले बताएका छन।

मोटरसाइकल लाई ठक्कर दिने बसलाइ लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजी कार्य रहेको प्रहरी चौकी फत्तेपुरका प्रमुख पन्नलाल चौधरीले जानकारी दिए।

Facebook Comments Box