माओवादी केन्द्रलाई धरानको १ नं. पार्टी बनाउँछौँ– नवनिर्वाचित धरान अध्यक्ष भट्टराई
प्रेस सेन्टर नेपालको बधाई तथा शुभकामना





बागीन्युज संवाददाता
धरान, चैत्र १३ । प्रेस सेन्टर नेपाल धरान उप–महानगर समितिले शनिबार एक कार्यक्रम आयोजना गरी नेकपा माओवादी केन्द्र धरान उप–महानगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।


भर्खरै सम्पन्न निर्वाचनबाट पार्टीको धरान उपमहानगर समिति चयन भएको थियो । नवनिर्वाचित अध्यक्ष मनोज भट्टराई, नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ), उपाध्यक्षद्वय सम्फर तामाङ र मनिता राई, सचिव बिदुर महत, सह–सचिव खेम रनपहेली लगायत पदाधिकारीहरुलाई कार्यक्रममा बधाई तथा शुभकामना अर्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष जनकऋषि राई, केन्द्रिय सदस्य रीता मोक्तान, संगठनका सुनसरी अध्यक्ष तिर्थ कार्की, नगर अध्यक्ष बिनोद बिश्वकर्मा लगायतले पदाधिकारीहरुलाई अबिर र खदा लगाएर बधाई ज्ञापन गर्नुभएको थियो ।


कार्यक्रममा पार्टी नगर अध्यक्ष भट्टराईले माओवादी केन्द्रलाई धरानमा एक नम्बर पार्टी बनाई आगामी चुनावमा फरक परिणाम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथी जनकऋषि राईले पार्टीको नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै संगठीत र सुदृढ पार्टी निर्माण गर्न सुझाव दिनुभयो । कार्यक्रममा पार्टीका नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ), उपाध्यक्षद्वय सम्फर तामाङ र मनिता राई, सचिव बिदुर महत, सह–सचिव खेम रनपहेली, सचिवालय सदस्य युवा नेतृ चेतना श्रेङ, सचिवालय सदस्य युवा नेता उद्धव लिम्बू, नगर सदस्यहरु मिङमा भोटे, सुबास खवास, जीवन राई, सन्जय याक्खा लगायतको उपस्थिती थियो । सेन्टरका नगर अध्यक्ष बिनोद बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सर्ण सम्बाहाम्फेले गर्नुभयो । कार्यक्रममा संगठनका नगर सदस्य दुर्गा खातिले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।
तस्विरहरु : तीर्थ कार्की
………….

