गोर्खा खुकुरी कप फुटबलको उपाधि उदयपुरको बेलका १ अम्बासीलाइ


सप्तकोसी/गोर्खा खुकुरी कपको उपाधि उदयपुरको बेलका १ अम्बासी फुटबल टिम हात पारेको छ । सप्तरीको कन्चरुप नगरपालिका वडा न १२ धरमपुरटोल सुधार समितिको संयोजन तथा रिभर साईड युथ क्लब कञ्चनरुप आयोजनामा सुन्दरी टोलमा बिहीबार सम्पन्न फाइनल खेलमा सप्तरीको तेरहौता फुटबल टिमलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै बेलकाको आम्बासीले उपाधिमाथि कब्जा जमाएको हो ।
बिजेता टिम अम्बासीलाई नगद ३० हजार, शिल्ड प्रमाणपत्र र उपबिजेता टिम तेरहौतालाई नगद २० हजार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज मनिष श्रेष्ठको प्रमुख आतिथ्यमा भएको फाईनल खेलमा प्रथम पुरस्कारको राशि युवा संघका केन्द्रिय सदस्य तथा एमाले कञ्चनरुप नगर कमिटीका सचिव केवल खत्रीले उपलब्ध गराएका थिए ।


फाइनल खेलमा एमालेको कञ्चनरुप नगर इन्चार्ज तथा सप्तरी जिल्ला कमिटीका सचिवालय सदस्य हरिहर बस्नेत, वडा नं.६ का वडा अध्यक्ष तथा नेकपा एमाले कन्चनरुप नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी लगायतको उपस्थिति रहेका थियो ।

विजेता तथा उपविजेता टिमहरु र खेलाडीहरुलाई प्रमुख अतिथि मनिष श्रेष्ठ,विशिष्ट अतिथिहरु बच्चुलाल चौधरी र अतिथि मो. नसार लगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेको एमाले नगर सचिब केवल खत्रीले जानकारी दिएका छन।









