एमालेका संगठित सदस्य अर्जुन बस्नेत कांग्रेसमा प्रवेश
भन्छन्– ‘केपी ओलीको हावादारी गफले देश बन्दैन ।’


बागीन्युज संवाददाता
धरान, चैत्र १३ । नेकपा एमाले धरानका सकृय युवा नेता अर्जुन बस्नेत एमालेको संगठित सदस्यता त्यागेर नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।


धरान–६, घोपाली टोलका उनले एमालेले जनतालाई ढाँटने र छल्ने मात्र गर्ने गरेको भन्दै पार्टीप्रति वितृष्णा जागेर नेपाली कांग्रेस प्रवेश गरेको बताउनुभएको छ । ‘अध्यक्ष जस्तो मान्छे ओलीकै कुरा हावादारी छ, कार्यकर्ताले के गर्लान् र ?’ उहाँले भन्नुभयो । उखान टुक्का भरिएको भाषण सुन्दा मिठो लागेपनि जनताको हितका लागि विकास नै चाहिने उहाँले बताउनुभयो । एजेण्डा विहिन हावादारी गफ सुन्दा सुन्दा वाक्क लागेर एमाले छाड्ने मनस्थिति बनाइरहेका बेला नेपाली कांग्रेस ६ नं. वडामा पार्टीको सशक्तिकरण तथा सुदृढिकरण अभियान र प्रशिक्षण कार्यक्रमको अवसरमा औपचारिक पार्टी प्रवेश गरेको उहाँले बताउनुभयो । उहाँलाई नेपाली कांग्रेसका क्षेत्र नं. १, सुनसरीका क्ष्सभापति सुजेन्द्र तामाङले खदा र अविरका साथ पार्टीमा स्वागत गर्नुभएको थियो ।
पार्टी जिल्ला सदस्य विन्दु राई, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी, प्रदेशसभा निर्वाचन क्षेत्र समिति १(१) का उपसभापति झुमादेवी राई, क्षेत्रीय सदस्यद्धय शुक्रराज राई र रिता खनाल, निवर्तमान क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, नगर सदस्यद्धय रुपेश भट्टराई र राम विष्ट, सल्लाहकारहरु कर्णवहादुर कार्की, पर्शुराम केसी, चन्द्र काफ्ले, वडा सभापति पदम पौडेल लगायतले नवप्रवेशी बस्नेतलाई स्वागत गर्नुभएको थियो ।
तस्विर : सुजेन्द्र तामाङबाट
……………….



